काठमाडौं–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको छ। नेकपाको प्रचण्ड–नेपाल पक्षले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो।
बागमती र प्रदेश १ मा आजै अविश्वास प्रस्ताव दर्ता गर्ने भनिएकोमा बागमतीमा दर्ता भइसकेकाले साँझसम्म प्रदेश १ मा पनि प्रस्ताव दर्ता गर्ने प्रचण्डनिकट एक नेताले बताए।
यसअघि बागमती प्रदेश मुख्यमन्त्रीविरुद्ध ४५ सांसदको हस्ताक्षरमा अविश्वास प्रस्ताव दर्ता भएको थियो। बागमतीमा जम्मा ११० सांसद रहेका छन्। नेकपाका मात्र ८० सांसद रहेकोमा प्रचण्ड–नेपाल पक्षका ४६ सांसद छन् भने ओली पक्षका ३४ जना छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।