काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता भएका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाईमा एक वकिललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बहसमै रोक लगाएका छन्।
अदालतमा 'कार्यकारीले गरेका निर्णयमा राष्ट्रपतिले ल्याप्चे लगाउनु भयो' जस्ता वाक्यांशको प्रयोग गरेपछि बहस गर्नबाट रोक लगाएका हुन्।
वकिलले बहसका क्रममा भनेका थिए, 'यो सरकार आफैंले आत्महत्या गर्यो। प्रधानमन्त्रीले कि त राजीनामा दिने हो, कि त हट्ने हो। राष्ट्रपतिले कार्यकारीको निर्णयमा ल्याप्चे लगाउनुभयो। अदालतले कार्यकारीले गरेको निर्णयमा ल्याप्चे नलगाओस्।'
प्रधानन्यायधीश राणाले आपत्ति जनाए, 'यस्ता शब्द प्रयोग नगर्नुहोस्। अघि नै यस्ता शब्दको प्रयोग गरेर बहश नगर्नुहोस् भनेको हैन?'
उनी यत्तिमै रोकिएनन्। फेरि थपे, 'तपाईं अब बस्नोस्। म सुन्दिनँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।