काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध परेका एक दर्जन रिटमाथ सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ। यसमध्ये नेकपाकै सांसदहरू देव गुरुङलागयतले सर्वोच्चमा दायर गरेको रिटमाथि भर्खरै संवैधानिक इजलासमा बहस सुरु भएको हो।
रिटमा निवेदकहरूका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहस गरेका हुन्।
इजलासमा आइपुगेका अन्य निवदेनहरूमाथि पनि सर्वोच्चले सुनुवाई गरिरहेको छ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले एक वकिललाई बहसमै रोक लगाएका थिए। अदालतमा 'कार्यकारीले गरेका निर्णयमा राष्ट्रपतिले ल्याप्चे लगाउनु भयो' जस्ता वाक्यांशको प्रयोग गरेपछि बहस गर्नबाट रोक लगाएका थिए।
वकिलले बहसका क्रममा भनेका थिए, 'यो सरकार आफैंले आत्महत्या गर्यो। प्रधानमन्त्रीले कि त राजीनामा दिने हो, कि त हट्ने हो। राष्ट्रपतिले कार्यकारीको निर्णयमा ल्याप्चे लगाउनुभयो। अदालतले कार्यकारीले गरेको निर्णयमा ल्याप्चे नलगाओस्।'
प्रधानन्यायधीश राणाले आपत्ति जनाए, 'यस्ता शब्द प्रयोग नगर्नुहोस्। अघि नै यस्ता शब्दको प्रयोग गरेर बहश नगर्नुहोस् भनेको हैन?'
उनी यत्तिमै रोकिएनन्। फेरि थपे, 'तपाईं अब बस्नोस्। म सुन्दिनँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।