काठमाडौं- संविधानले बहुमतको सरकारले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्री र राष्ट्रपतिलाई नदिएको अधिवक्ता सरोज घिमिरेले बताएका छन्।
प्रतिनिधिसभा विघटनपछि परेका रिटमा निवेदक तर्फबाट बहस गर्दै घिमिरेले एउटा दलको विवादको मारमा प्रतिनिधिसभा पर्न नहुने बताए। उनले भने, 'सरकार, प्रधानमन्त्री र राष्ट्रपति संविधान अन्तर्गत हो। त्यसैले राष्ट्रपतिले संसद् विघटन गर्न सक्दैन।'
उनले संसदीय व्यवस्थाको जननी बेलायतमा यसरी संसद् विघटन नहुने बताए। यही गलत नजिरका कारण सन् २०११ बेलायतले 'फिक्स ट्रम पार्लियामेन्ट एक्ट' ल्याइएको उनले बताए। यो विधेयकमा बीचमा नै संसद् विघटन गर्न नपाउने व्यवस्था बेलायतमा गरिएको छ।
बहसका क्रममा उनले भने, 'बेलायतमा यस्तै गलत तरिकाले संसद् विघटन रोक्नका लागि उक्त कानुन ल्याइएको थियो। हामीले पनि बहुमतको सरकारले संसद् विघटन गर्न नसक्ने बनाएका हौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।