काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता भएको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ।
सुनुवाइका क्रममा एक वकिलले अन्तरिम आदेश जारी हुनुपर्ने बताएका थिए। त्यसको उत्तर दिँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भने, 'तपाईं मलाई धम्क्याउन आउनुभएको हो?'
प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा १४ वटा रिटमथि सुनुवाइ भइरहेको छ।
रिट निवेदकका तर्फबाट कानुन व्यवसायीहरुले संसद विघटनका विषयमा आफ्ना धारणा राखिरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।