काठमाडौं- संघीय संसद विघटनको प्रभाव अन्य प्रदेश सभामा पनि पर्न थालेको छ। यसको सुरुवात बागमती प्रदेशबाट भएको छ।
बागमती प्रदेश सभाका ४५ प्रदेश सांसदहरुले शुक्रबार बिहान मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। पौडेलको स्थानमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको छ।
बागमती प्रदेशमा जम्मा ११० सांसद रहेका छन् । नेकपाको मात्र ८० जना सांसद छन् । प्रचण्ड–नेपाल पक्षको ४६ जना सांसद छन् भने ओली पक्षका ३४ जना छन् ।
प्रदेश सभाका प्रवक्ता बिनोद अमात्यले अविश्वासको प्रस्ताव दर्ता भएको जानकारी दिए।
उनका अनुसार प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, उद्योग, पर्यटन वन त तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले पदबाट राजीनामा दिएका छन्।
अविश्वास प्रस्ताव दर्ता गर्ने प्रचण्ड नेपाल पक्षका लागि बागमती प्रदेशको मुख्यमन्त्री बनाउन थप ११ सांसद आवश्यक पर्छ। यसका लागि उक्त पक्षलाई प्रतिपक्षी दलको सहयोग आवश्यक पर्छ। नेकपाबाहेक प्रदेश सभामा ३० सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।