रसुवा– लोप हुँदै गएको गन्धर्व समुदायको पेशा र संस्कृतिको जगेर्ना गर्न नेपाल गन्धर्व सुधार संघको टोली रसुवा आइपुगेको छ।
लोकबाजा सारंगीको महत्व बुझाउन देशव्यापी दौडाहा अभियान अन्तर्गत संघका दुई सदस्य रसुवा आइपुगेका हुन्।
संघका सदस्य हेमराज गन्धर्वले आफूहरुको परम्परागत पेशा पछिल्लो समयमा सूचना–प्रविधिको विकाससँगै लोप हुन लागेकाले संस्कृति संरक्षणको अभियानमा लागेको बताए।
टोलीले जिल्लामा रहेका विद्यालय र विभिन्न संघसंस्थामा गएर सारंगीको महत्वबारे जानकारी गराउने गरेको संघका अर्का सदस्य हेमराज गन्धर्वले बताए।
उनले भने, ‘लोकबाजा सारंगीलाई मानिसहरुले बिर्सँदै गएका छन्। यसको महत्व बुझाउन अझै केही दिन जिल्लामा हुनेछौं।’
अभियानका सदस्यले यसअघि देशका ५२ जिल्ला घुमिसकेका छन्। उनीहरु सारंगी बजाउँदै र परम्परागत बाजाबारे जानकारी दिँदै हिँड्ने गरेका छन्। त्यस क्रममा कतिपय ठाउँका बासिन्दाले प्रत्यक्ष रुपमा सारंगी नदेखेको पाइएको उनीहरुले बताए।
‘धेरै ठाउँमा सारंगीबारे थाहा नभएको र महत्व नबुझेको पायौं’, उनीहरुले सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।