पर्सा– प्रहरी कार्यालयमा आक्रमण घटनामा प्रहरीले गाउँपालिका अध्यक्ष र अन्य अभियुक्तलाई प्रहरीले फरक -फरक व्यवहार गरेको छ। गाउँपालिका उपाध्यक्षलाई हिरासतमुक्त गराएर तथा अरुलाई थुनामा राखेर कारबाही अघि बढाइएको छ।
गत सोमबार जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरसहितको टोलीले अभियुक्तललाई छाड्न दबाब दिदै प्रहरी कार्यालय सेढवामा तोडफोड र आगजनी गरेका थिए।
उपाध्यक्ष चौधरीलाई पनि पक्राउ गरिएकोमा उनलाइृ छाडेर अरुलाई हिरासतमा राखिएको छ। सार्वजनिक अपराध मुद्दा भने उनीविरुद्ध समेत दायर भएको छ। आक्रमणमा संलग्न अन्य ५ जना प्रहरी हिरासतमै छन्।
जिल्ला प्रशासन कार्यालयको पत्रअनुसार उपाध्यक्ष चौधरीलाई हिरासतमुक्त गरी मुद्दा प्रक्रिया अघि बढाइएको जिप्रका पर्साका डिएसपी राजन लिम्बुले बताए।
एउटै मोटरसाइकल चढेका चार जना भारतीयलाई पक्राउ गर्ने क्रममा उनीहरुले प्रहरीमाथि नै दुव्र्यवहार गरेका थिए। पक्राउ गरेर चौकीमा लगेपछि उपाध्यक्ष चौधरीसहितको टोलीले छाड्न दबाब दिएको थियो। छाड्न नमानेपछि उनीहरुले कार्यालय र प्रहरीको सवारी साधन तोडफोड गरेका थिए। त्यसपछि प्रहरीले हवाईफायर गरेको थियो। चौकी आक्रमणमा परी ५ प्रहरी घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।