काठमाडौं– नेपाल विद्युत प्राधिकरण वितरण कार्यालय नेपालगञ्जमा कार्यरत घुससहित तीन कर्मचारी पक्राउ परेका छन्।
सुपरभाईजर बिक्रान्त शुक्ला सहित सोही कार्यालयमा कार्यरत इन्जिनियर निसार अहमद खान र सहयोगी गिर्वललाल धोवीलाई आयोगले बुधबार पक्राउ गरेको हो।
थ्री फेज लाईन वितरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग बिभिन्न बहाना बनाइ घुस रकम माग गरिरहेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले उनलाई १५ हजार रुपैयाँ घुससहित कार्यालयबाटै पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।