नयाँदिल्ली–भारतमा कृषि कानुनको विरोधमा आन्दोलनरत किसानहरुले आज एक दिनको भोक हडताल गर्ने भएका छन्। स्वराज अभियानका नेता योगेन्द्र यादवले २१ डिसेम्बरका दिन कृषि कानुनविरुद्ध धर्नास्थलमै २४ घण्टाको उपवास राख्ने बताएका हुन्।
यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदीको २७ डिसेम्बरमा प्रसारण हुने ‘मनकी बात’ रेडियो कार्यक्रमका क्रममा थाल ठटाउन पनि आन्दोलनकारी नेताहरुले आव्हान गरेका छन्।
तीन वटै कृषि कानुन फिर्ता लिनुपर्ने माग गर्दै किसानहरु २५ दिनदेखि दिल्ली सीमामा धर्नामा छन्। सरकारले ४० किसान संगठनका नाममा पत्र लेख्दै वार्तामा आउन आग्रह गरेको छ भने किसानहरु पहिले आफ्नो माग पूरा गर्नुपर्ने अडानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।