वाशिङटन–अमेरिकामा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका सांसदहरुबीच झण्डै ९ खर्ब (९ सय बिलियन) डलरको राहत प्याकेजमा सहमति भएको छ। यो प्याकेजमा रोजगारी गुमाएकाहरुलाई बेरोजगारी बिमा रकमका साथै साप्ताहिक ३ सय डलर राहत प्रदान गर्नेलगायतका विषय समेटिएका छन्।
यस्तै, दोस्रो चरणको राहत चेकमा पनि सहमति भएको छ। यसअनुसार बच्चाहरु र वयस्कलाई ६ सय डलरको राहत चेक प्राप्त हुनेछ । वार्षिक ७५ हजारभन्दा कम आम्दानी भएकाहरुले यो रकम पाउनेछन् भने त्योभन्दा बढी आम्दानी हुनेहरुका सन्दर्भमा भने रकम घट्दै जानेछ। साप्ताहिक रुपमा बेरोजगारी बिमाका साथै साप्ताहिक ३ सय डलर भने २७ डिसेम्बरबाट दिन सुरु गरिने जनाइएको छ।
राहत प्याकेजमा ३ खर्ब डलर साना व्यवसाय र अर्को चरणको ऋणका लागि छुट्याइएको छ। यस्तै, ८२ अर्ब डलर शिक्षा क्षेत्रका लागि छुट्याइएको छ भने १ अर्ब चाइल्ड केयरका लागि सहयोग दिइनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।