काठमाडौँ – झापाको दमक निवासी बाल गायक अशोक दर्जीको पहिलो गीत 'धन बिनाको मन ठूलो कि मन बिनाको धन’ सार्वजनिक भएको छ।
प्रतिभा हुँदाहुँदै पनि गरिबी र अज्ञानताले उनको बालप्रतिभा उजागर हुन पाएको थियो। उनको यो पहिलो सांगीतक प्रयासमा गायक तथा संगीतकार टंक बुढाथोकीले साथ दिएका छन्।
विराज नेपालको शब्द तथा बुढाथोकीकै संगीत रहेको गीतको एक भिडियो पनि सार्वजनिक गरिएको छ।
गायक दर्जी केही समयअघि एकाएक सामाजिक सञ्जालमा चर्चित बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।