न्युयोर्क–अमेरिकी ऊर्जा मन्त्रालयमा साइबर आक्रमण भएको छ। यसलाई सरकारले मन्त्रालयमा भएको अहिलेसम्मकै ठूलो साइबर हमला भनेको छ।
यद्यपि मन्त्रालयले हतियार भण्डारको सुरक्षामा यो ह्याकिङले कुनै प्रभाव नपरेको जनाएको छ। ऊर्जा मन्त्रालयले अमेरिकाको परमाणु हतियारको रेखदेखको जिम्मेवारी लिन्छ।
यस्तै, माइक्रोसफ्टले पनि आफ्नो सिस्टममा खतरनाक सफ्टवेयर फेला पारेको जनाएको छ। अमेरिकी अधिकारीहरुले यस्ता साइबर आक्रमणमा रुसको हात रहेको बताउने गरेका छन्। तर रुसले यसलाई अस्वीकार गर्दै आएको छ।
गत आइतबार पनि अमेरिकाको वाणिज्य मन्त्रालयमा पनि साइबर आक्रमण भएको सार्वजनिक भएको थियो। एक महिनादेखि जारी साइबर आक्रमणको आइतबार खुलासा भएको थियो।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले साइबर सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।