• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
धुर्मुससँग वार्ता : ‘मलाई नसोध कहाँ दुख्छ घाउ’
64x64
सराेज तामाङ शनिबार, पुस ४, २०७७  ०७:१७
1140x725

चितवन- धुर्मुस सुन्तलीले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने भनेर दुई वर्षअगाडि घोषणा गर्दा धेरैले स्वागत गरे, केहीले मजाकको विषय पनि बनाए। कतिले कलाकारको काम के हो भनेर प्रश्न उठाए। कतिले प्रधानमन्त्री केपी ओलीले जनता हँसाउने धुर्मुसले रंगशाला बनाउने भन्दै ठ्टटा गरे।

२०७५ माघ १६ गते धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भयो। २०७६ मंसिर १ गतेबाट निर्माण कार्य सुरु भयो। निर्माण थालिएको १३ महिना बित्दा के कति काम भए? सबैको चासो छ। धुर्मुस सुन्तलीको अगुवाइमा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाप्रति सबैको चासो हुनुको पछाडिको एउटा कारण हो, जनस्तरको लगानी। यो रंगशाला जनताको पैसामा निर्माण भइरहेको छ। अर्को चासोको विषय हो, नेपालमा एउटा पनि स्तरीय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नहुनु।

चितवन जिल्लाको सदरमुकाम भरतपुर महानगरपालिकादेखि ८ किलोमिटर टाढा रामपुरमा निर्माणाधीन रंगशालामा दैनिक २ सय ५३ कामदारले निरन्तर काम गरिरहेका छन्। एउटा निश्चित लक्ष्य लिएर निर्माण थालिएको रंगशालाले आकार पाइसकेको छ। फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)का अनुसार अब १५ महिनामा निर्माण सम्पन्न हुन्छ। ‘मैदानको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ। प्याराफिटतर्फ जगको काम सबै सकिएको छ। प्याराफिटको काम भइरहेको छ। अबको १५ महिनामा रंगशाला निर्माणको काम सक्छौं’, उनले भने।

अबको १५ महिनामा निर्माण सम्पन्न गर्ने दाबी गरे पनि करिब ८-९ करोड रुपैयाँ ऋणमा पुगिसकेको अवस्था पनि उनले सुनाए। विभिन्न समस्या र आर्थिक अभाव तथा कोरोना भाइरसको संकट आइपरे पनि रंगशाला निर्माणको काम रोकिएको छैन। रंगशाला निर्माणमा आर्थिक सहयोग कसरी जुटिरहेको छ? निर्माणमा के कस्ता समस्या छन्? लगायत रंगशाला निर्माणको विषयमा फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) सँग नेपाललाइभका लागि सरोज तामाङले गरेको कुराकानी -  

भर्खरै राष्ट्रिय स्तरको प्रतियोगिता ‘गौतम बुद्ध कप’ क्रिकेट सम्पन्न भएको छ। यो प्रतियोगिताले अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा कतिको सहयोग पुग्नेछ? 
एकदमै खुसी लागिरहेको छ। विशेष गरी गौतम बुद्ध कप यहाँ आयोजना हुनु। कोरोनाको कारणले लामो समयदेखि खेलकुद गतिविधि ठप्प हुँदा यो प्रतियोगिताबाट सुरुवात हुनु राम्रो पक्ष हो। गौतमबुद्ध कपसँगै यहाँ राम्रैसँग चहलपहल बढेको छ। बुधबारबाटै यो नमुना मैदानमा स्थानीय प्रतियोगिता पनि चलेको छ।

विशेष त रंगशाला निर्माणमा सबैले आफ्नो अपनत्व ग्रहण गर्नु पर्छ भन्ने सकारात्मक सन्देश गएको छ।

स्वदेश विदेशबाट चाहिँ हामी पनि सहयोग गर्छौ। तपाईंहरु नआतिनुहोस् भन्नु भएको छ। तपाईंहरु अगाडि बढ्नुहोस् भन्दै विभिन्न ठाउँबाट सन्देशहरु पठाइरहनु भएको छ। खुसी चाहिँ के मानेमा लाग्छ भने यो विषम परिस्थितिमा पनि हामीले कामलाई नरोकिकन निरन्तर अगाडि बढाइरहेका छौँ।

यो सबैको सपना भएको कारणले गर्दा धुर्मुस सुन्तली पाउन्डेसनले त मध्यस्थकर्ताको भूमिका मात्रै निर्वाह गरेको हो। यो हरेक देशभक्त नागरिकले निर्माण सम्पन्न गर्ने परियोजना भएको कारणले सबै जनाले सहयोग गर्नु हुन्छ भन्ने कुरामा म आशावादी छु। र यो प्रतियोगिताले निर्माण गर्न थप सहयोग मिलेको छ।

Ncell 2
Ncell 2

यो प्रतियोगिताभन्दा अगाडि त केही खेलाडी रंगशाला निर्माणको निरिक्षण गरिसकेका थिए। तर यो पटक भने राष्ट्रिय टिमका र अन्य खेलाडीहरुले संयुक्तरुपमा खेल्नका साथै निर्माणाधीन रंगशाला हेरेर फर्किएका छन्। खेलाडीसँग के कस्ता भलाकुसारी भयो?
यो प्रतियोगिता भन्दा अगाडि नै पूर्वकप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल आउनु भएको थियो। रंगशालाको रुप देखेपछि उहाँहरुको मुहारमा यस्तो चमक छायो कि। ‘ओहो हामीले त सोच्दै सोचेका थिएनौं। यति छिटो मैदान तयार हुन्छ र भौतिक संरचना यतिछिटो उठि सकेछ’ भनेर उहाँहरु निकै खुसी हुनुभयो। उहाँहरुसँगै बागमती प्रदेशको खेलकुद परिषद्को सदस्यसचिव बागमती क्रिकेट संघको सचिव आउनु भएको थियो। उहाँहरुले तुरुन्त यो नमुना मैदानमा एउटा प्रतियोगिता आयोजना गर्ने भन्नु भयो। प्रतियोगिता पनि भयो।

जति पनि राष्ट्रिय खेलाडी यहाँ उपस्थित हुनु भयो, उहाँहरुले यहाँ खेलिरहँदा यो नमुना मैदानको पिच र आउट फिल्ड टियुको भन्दा राम्रो भएको सार्वजनिक रुपमै भन्नु भयो। राष्ट्रिय टिमका खेलाडीहरुले यसो भनिरहँदा हामी नमुना मैदान भन्दा अन्तर्राष्ट्रिय रंगशाला झनै राम्रो हुने भइ नै हाल्यो। राम्रो बनाउने छौँ।

निर्माणाधीन रंगशालाको संरचना हेरिसकेपछि उहाँहरु एकदमै खुसी हुनुहुन्छ। अब हाम्रो सपना पूरा हुँदै छ। आफ्नै घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी खेलाडीसँग खेलेर थप आफ्नो पहिचान दिलाउन यो रंगशाला कोशेढुंगा सावित हुनेछ भन्ने कुरामा उहाँहरु सबैको मनमा खुसियाली छाएको मैले बुझेको छु।

shivam cement

shivam cement

खेलाडी मात्रै हैन केही दिनअघि नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी आएर हेरेर गए। क्यान पदाधिकारीबाट चाहिँ के कस्ता सुझाव तथा प्रतियक्रिया पाउनु भयो?
क्यान अभिभावक संस्था हो। भोलि रंगशाला बन्दा, खेल खेलाउँदा उहाँहरुले अपनत्व गरेर अन्तर्राष्ट्रिय खेल खेलाउँदा समन्वय उहाँहरुले नै गर्ने हो। पदाधिकारीहरु यहाँ आउनु भयो। मैले आफ्नो कुरा राखेँ। जस्तो नेपाल क्रिकेट संघको तर्फबाट प्राविधिक पठाउने, आर्थिक साहयोग गर्नेदेखि लिएर आइसिसीसँगको समन्वयको विषयदेखि सबै चिजमा सहजीकरण गर्नु पर्यो भनेर मैले प्रस्ताव राखेको छु।

उहाँहरुले सकारात्मक रुपमा लिनु भएको छ। हामी गर्छौं नै भन्नु भएको छ। म आशावादी छु। भोलिको दिनमा कसरी सहयोगी बन्ने भन्ने कुरा उहाँहरुकै पाटो हो। तर निर्माणकर्ताको हिसाबमा निर्माण संयोजन गरिरहँदा क्यान, सरकार, राखेप, युवा तथा खेलकुद मन्त्रालयसँग समन्वयन गर्ने विषयमा हामीले कुनै कसुर बाँकी राखेको छैन।

आकार लिइरहेको रंगशालाको निर्माण देखेर चाहिँ उहाँहरुले के भन्नु हुन्छ?
रंगशालाको निर्माण देखेर त उहाँहरु दंग नै हुनुहुन्छ। खुशी हुनुहुन्छ। यस्तो कोरोना भाइरसको महामारीमा हामीले पाँच महिनामा यस्तो संरचना उठाइयो। साउनको १ गतेदेखि ढलान सुरु गरेको पाँच महिनामा ढलान उठ्यो भनेपछि हामीले त घोषणा नै गरिदिएका छौँ कि अबको १५ महिनामा रंगशाला सक्छौँ।

हाम्रो खटाइ र हामीले गरेको कामदेखि सबै जना खुसी हुनुहुन्छ। रंगशालाले विस्तारै रुप लिँदै छ। यस्तो गतिमा काम गरिरहँदा सबै जना खुसी नै हुनुहुन्छ।

अहिले काम तीब्रगतिमा भइरहेको देखिन्छ, अबको १५ महिनामा रंगशालाको निर्माण सम्पन्न गर्छौं भनेर घोषणा नै गरिसक्नु भएको छ। सबै यसरी जुटिनु, सबैबाट साथ पाउनु र निर्माण कार्य नरोकिइ अघि बढ्नुको रहस्य के छ?
रंगशाला यसरी उपलब्धि पाउनुको मुख्य कारण नै ‘टिम वर्क’ हो। जस्तो हामीसँग जोडिनु भएको जति पनि इन्जिनियरहरु हुनुहुन्छ, विभिन्न विभागका स्टाफ तथा सुपरभाइजरहरु हुनुहुन्छ। निर्माण तथा व्यवस्थापन समितिमा ११ जना सदस्य छौँ। यो समितिले लिने निर्णयहरु ढिला सुस्ती नहुनु।

यहाँ के छ भने भोलि यो काम गर्ने भनेपछि गर्ने गर्ने र सकेरै छाड्ने भन्ने छ। यस्तो अभावको बीच त हामीले यहाँसम्मको यात्रा तय गर्यौँ भनेदेखि बाँकी त अब सबैको साथ र सहयोगले अघि बढ्ने हो।

मुख्य कुरा चाहिँ हामीप्रति ज-जसले आस्था र विश्वास गरिदिनु भयो। उहाँहरुले हामीलाई अघि बढ्न उर्जा दिइरहनु भयो। त्यो उर्जाकै प्रतिफल हो। हाम्रो टिम वर्क, हाम्रो खटाई र सहयोगी मनहरुको आस्था र विश्वास। रंगशालाले रुप पाउनु मुख्य यति हो।

अहिलेसम्म चाहिँ रंगशालाको काम कति सक्यो?
नमुना क्रिकेट खेल मैदान शतप्रतिशत सम्पन्न भएको छ। यसैमा हामीले गौतब बुद्ध कप पनि आयोजना गर्यौँ। अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदानको काम ८५ प्रतिशत सम्पन्न भएको छ। करिब २२ लाख लिटर पानी आट्ने ‘ड्रेन’ शतप्रतिशत सम्पन्न र स्ट्यान्ड ‘ए’ र स्ट्यान्ड ‘बी’ गरी करिब ३० हजार दर्शक क्षमताको प्याराफिटको जगको काम सम्पन्न भइसकेको छ।

अहिले हामीसँग जोडिनु भएको प्रोजेक्ट म्यानेजर करिब ३५ वर्ष भारतमा काम गरेको मान्छे हुनुहुन्छ। यो डिजाइन अन्तर्राष्ट्रिय कन्सलटेन्टहरुबाट भएको हुँदा त्यहाँ दिग्दज व्यक्तिहरु हुनुहुन्छ। उहाँहरुकै समन्वयन र निर्देशनमा काम भइरहेको छ। मैदानको जिम्मामा बन्दुला वार्नापुरा हुनुहुन्छ। उहाँले हेरिरहनु भएको छ। त्यस्तै, हामीसँग क्युरेटरहरु पनि हुुनुहुन्छ।

मैले दुई वटा विषयमा चाहिँ ग्यारेन्टीको साथ भन्न सक्छु। एटउा आर्थिक पाटोको विषय। आर्थिक पाटोमा दुई रुपैयाँ पनि तलमाथि हुने छैन। भएको पनि छैन। अर्को विषय भनेको प्राविधिक पक्ष। भौतिक संरचना निर्माण गरिसकेपछि कसैले पनि कुनै ठाउँमा खोट लगाउने छैन।

रंगशाला निर्माणको यहाँसम्मको यात्रा गर्दा आर्थिक भार निकै परिसक्यो भन्ने कुरा आउन थालेको छ नी?
हामी चरम आर्थिक संकटको स्थितिमा छौँ। ठ्याक्कै चाहिँ यति रकम भार छ भनेर म भन्न सक्दिनँ। लेखा परीक्षकमा मुक्ति तिम्सिना हुनुहुन्छ। उहाँलाई सोध्नु भयो भने ठ्याक्कै ऋण कति छ भन्ने कुरा थाहा हुन्छ।

म यति मात्रै भन्छु कि हामी निकै संकटकालीन अवस्थामा छौँ। तर पनि हामीले काम रोकेका छैनौँ। ऋणमै भए पनि हामीले कोरोना जस्तो महामारीमा पनि काम गरिरहेका छौँ।

हिजोको स्थिति घरबाट निस्किनु नै सक्ने अवस्थामा थिएन। कोरोनाले सबै क्षेत्र ठप्प नै बनायो। तर फेरि विस्तारै सहयोगी हातहरु बढ्न थालेको छ। कोही विस्तारै जाउँला भनेर बसिरहनु भएको होला। र हामीले कोरोनाको संकटको बेला पहिलेको जस्तो सहयोगको अपिल पनि गरेनौँ। अब चाहिँ हामी पनि दरिलो बन्दै गएका छौँ। रंगशालाको संरचना पनि अब देखिने अवस्थामा पुगेको छ। अब फेरि सबैले सहयोग गरौँ। गन्तब्य धेरै टाढा छैन भनेर सहयोगको अपिल गर्न लागिरहेका छौँ।

हामीले सुरुमा थाल्दा दुई चरणमा काम गर्ने भनेर निर्णय गरेका थियौँ। गत वर्षको मंसिर १ गतेबाट पहिलो चरणमा चाहिँ मैदान सम्याउने र नमुना क्रिकेट मैदान बनाउने भन्नेमा लाग्यौँ। विस्तारै विस्तारै माहोल हुँदै गएपछि हामीलाई पनि उर्जा मिल्दै गयो। बल्ल हामी दोस्रो चरणमा छिर्दै थियौँ। प्याराफिटको जग खन्ने काम भइरहेको थियो। जग खनेर पिसिसी ढलान पनि भइरसकेको थियो। लकडाउन सुरु भयो।

चैत ९ गतेबाट लकडाउन सुरु भयो। बैशाख २० गते म आएर नमुना क्रिकेट मैदानमा दुबो रोप्न थालियो। त्यसपछि हामीले ३० जना जनशक्तिलाई क्वारेनटाइनमा राखेर भित्रको जगको काम सुरु भयो। सबै काम सकेर साउन १ गतेबाट ढलान सुरु भयो भनेपछि हामीले करिब काम गर्न पाएको अवधि भनेको ६ महिना मात्रै होला।

यदी खातामा पैसा थियो र मनग्य काम गर्ने जनशक्तिलाई मैदानमा उतार्न पाएको भए यतिबेला पहिलो ढलानमा पुग्ने थियौँ। अहिले २५३ जनाले काम गरिरहनु भएको छ। डबल सिफ्ट गर्ने वित्तिकै ५०० जना पुग्छ। पाँच सय जनाले काम गर्नका लागि त्यही अनुपातमा सिमेन्ट, डन्डी, गिटी वालुवा आउनु पर्यो। अहिले हामीसँग ५० करोड पैसा भएको भए। एक वर्षमै सक्छौँ। हाम्रो काम गराइ अनुशासनमा हुन्छ।

यहाँ काम गर्ने स्टाफहरुमा आफ्नै रंगशाला हो भन्ने भावना सिर्जना भएको रहेछ। प्राय ठूला परियोजनाहरुमा काम गर्ने स्टाफहरुको गुनासो र पीडाहरु निकै हुने गर्छ। सबैलाई एकजुट बनाएर अघि बढ्नु कत्तिको गाह्रो छ?
यहाँ माया प्रेम छ। उहाँहरु भावनासँग जोडिनु भएको छ। कुनै सरकारी वा कर्पोरेट क्षेत्रमा काम गरेको भन्दा पनि म रंगशालामा काम गर्दै छु त्यो जनताको रगत र पसिनाले बन्दै गरेको रंगशाला हो। मै जस्तो दाजुभाइ दिदीबहिनीले विदेशमा पसिना बगाएर पठाएको पैसाको रंगशाला हो भन्ने हिसाबमा हामीले उहाँहरुसँग कुराकानी गरिरहेका हुन्छौँ। 

यहाँ तपाईंले सुरुदेखि काम गर्दै आइरहेका स्टाफहरुलाई पनि भेट्नु हुन्छ। तिहारपछि पनि स्टाफहरु आउनु भएको छ। कामको प्रकृति अनुसार आउने जाने हुन्छ। तर यहाँ सुरुदेखि नै काम गर्ने स्टाफहरु छन्। उहाँहरुलाई प्रश्न सोध्नु भयो भने सोध्दा सोध्दै आशु झार्नु हुन्छ होला।

केही दिनअघि बिहान व्रिफिङमा मैले ल अब बनाउन म सक्दिनँ भने। सबैले प्रश्न गर्नु भयो किन सर? बरु हामीलाई केही चाहिएन। काम रोक्नु हुँदैन। हामी बनाउँछौँ भनेर उहाँहरुले भन्नु भयो। यो नै मेरो लागि उर्जा हो।

उहाँहरुले यस्तो किन भन्नु भयो भन्दा म नै यहाँ खट्छु नी त। चौबिसै घण्टा उहाँहरुसँगै हुन्छु। गफ गर्छु। राष्ट्रभक्ति भाव जगाउँछु। उहाँहरुले परिवार छोडेर आउनु भएको छ। मैले पनि परिवार छोडेको छु। साहुको किस्ता तिर्न आएका छन्। यहाँ हामी एउटै परिवार भएर काम गरिरहेका छौँ। दसैँमा काम रोकिएन। तिहार छठमा काम भइरह्यो।

हामी यहाँ काम गर्नुहुने स्टाफलाई यो चाहिँ श्रमिक हो। यो लेभर हो भनेर कहिल्यै होच्याउँदैनौँ। तथानाम बोल्ने हामीसँग शब्द नै हुँदैन। यहाँ सबैलाई सम्मान हुन्छ। यहाँ फलामको काम गर्नु हुने एक जना दाइले डन्डीमै करिब ३८ वर्ष काम गर्नु भएको छ। अब उहाँ जस्तो सम्मानित व्यक्तिको अगाडि म त केही होइन।

यो पनि पढ्नुहोस्

गौतम बुद्ध क्रिकेट रंगशाला : गरेरै देखिएको उदाहरणीय कामसोमबार, मंसिर २९, २०७७

हास्यब्यंग्यबाट नेपाली दर्शकलाई हँसाइराख्ने कलाकारको भूकम्पपछि एकाएक पाइलाहरु मोडियो। मुसहर बस्तीदेखि एकीकृत बस्ती बसाल्दै अन्तर्राष्ट्रिय रंगशाला निर्माणको संकल्पमा हुनुहुन्छ। निर्माणका कार्य कत्तिको गाह्रो रहेछ?
‘मलाई नसोध कहाँ दुख्छ घाउ’ भने जस्तै हो। गाह्रो, कठिन र चुनौतीलाई सम्झिने हो भने यहाँ एक सेकेन्ड पनि कोही बसिराख्न सक्दैन।

पाइला पाइलामा तनाब छ। कतिपय अवस्थामा पैसा भएर पनि बन्ने हुँदैन। सहजीकरण र व्यवस्थापकीय पक्षको कुरा रहन्छ। काम गराउने, योजनाको कुरा हुन्छ। म त पहिले बस्ती बसाल्दा होस् या वीर अस्पताल सरसफाई रंगरोकन गर्दा होस् दिमागमा सेट गरेको हुन्छु। मैले त दिमागमै रंगशाला बनाएर आएको हुँदा यति अवधिमा, यति जनशक्तिमा यस्तो रंगशाला बनाउँछु भन्ने क्लियर भिजन छ। त्यो संकल्प केही हदसम्म पूरा हुँदैछ जस्तो लाग्छ।

२०७५ माघ १६ गते धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुरमहानगरपालिकाबीच गौतम बुद्ध रंगशाला निर्माणको लागि सम्झौता भयो। सोहि दिन विभिन्न क्षेत्रबाट सहयोगको प्रतिबद्धतासहित धेरैले ठूला रकम घोषणा पनि गरे। त्यो सबै घोषणा भएका रकम रंगशाला निर्माणका लागि आइसक्यो?
त्यो आएको भए त स्थिति अर्कै हुन्थ्यो। त्यो बेला बोलकबल भएका घोषित रकमहरु मुस्किलले १५-२० प्रतिशत मात्रै आए होला। त्यो सबै रकम आएको भए रंगशालाको अवस्था नै अर्कै हुन्थ्यो।

त्यो समयबाहेक अरु बेला पनि दिन्छौँ भनेर घोषणा गरेका धेरै रकम आएका छैनन्। आउला भन्ने आश छ। पोजेटिभ सोचमै छु अझै। घोषित भएका रकम आए मात्र हामीलाई काम गर्न निकै सजिलो हुने थियो।

बस्ती बसाल्नेदेखि रंगशाला निर्माणमा जुटेपछि अभिनयमा त्यति देखिनु भएको छैन। हुन त यही बेला ‘सेन्टी भाइरस’ नामक चलचित्र पनि ल्याउनु भयो। अब निर्माण सम्पन्न गरिसकेपछि फेरि अभिनयमै फर्किनु हुन्छ?
म आफ्नै पेशामा रमाउँछु। भगवानले पनि मलाई त्यही पेशामा गरिखा भनेर दिएको जस्तो लाग्छ। किनभने मैले जति पनि चरित्र, भूमिकाहरु खेलेँ दर्शकले रुचाइदिनु भयो। सबैको प्रिय बनेँ। यहाँसम्मको यात्रामा पनि दर्शकले कलाकारितामा माया नगरिदिनु भएको भए सामाजिक काममा पनि यहाँसम्म आइपुग्ने थिइनँ।

म कहिले पनि योजना बनाएर अघि बढिनँ। बिना योजना अघि बढेको यात्री हुँ जस्तो लाग्छ। यदी मेरो रुची अनुसारको हुने भएको भए म चित्रकार हुन्थेँ होला। बाल्यकालमा चित्रहरु बनाउने, ब्यानरहरु लेख्ने मेरो रुची थियो। पछि पत्रकारिता पढेँ। पत्रकार हुनु पर्ने थियो। तर पछि कलाकारितामा आएँ। त्यसपछि सामाजिक काममा। भूकम्प जाला र एकीकृत बस्ती बनाइएला, तराइ डुब्दा राहात र उद्धारमा खटिइएला, बाढी पीडितका लागि बस्ती बनाइएला, नेपालले एकदिवसीय मान्यता पाउला र रंगशाला बनाइएला भन्ने योजना हिजोको दिनमा बुनेको होइन। समय काल परिस्थिति अनुसार अगाडि बढिरहँदा यहाँसम्मको यात्रा तय भएको छ।

अहिले मेरो रुचीको विषय र मनदेखि सन्तुष्टि भएको क्षेत्र भनेको कला क्षेत्र हो। अहिले म कलाक्षेत्रमा देखिएको छैन। हराएको छु। म आफै भित्रभित्रै जलिरहेको छु। म आफैलाई कति राम्रो सिर्जना गर्थें भन्ने लाग्छ। यो सम्पन्न भएपश्चात चाहिँ हामी मजाले कलाकारिता क्षेत्रमै दर्शकलाई हसाएर रमाउँछौँ।

भनेपछि धुर्मुस सुन्तलीको अभिनयबाट हाँसिरहने आम दर्शकको हुटहुटी मेटिन्छ?
त्यो मेटिन्छ। दर्शक हँसाएरै बस्ने हो।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काममा जोडिन चाहने आम नेपालीलाई के भन्नु हुन्छ? 
अब यहाँ ७७ वटै कक्ष छ। हामी जुनसुकै जिल्लाबाट हुर्किएर बढे पनि हामी मात्र नेपाली हौँ। आफ्नो कक्ष निर्माण गर्नका लागि एउटा जिल्लाबाट करिब ५ करोड रुपैयाँको हाराहारीमा रकम संकलन गर्न सकियो भने पनि रंगशाला बन्यो। सरकारकै मुख ताक्नु परेन।

यो अभियान भनेको त जनताको रगत र पसिनाले तथा जनताको सामर्थ्य परीक्षण गर्ने बेला पनि हो। भोलि यो सफल भइरहँदा जति पनि जनप्रतिनिधि छन् उनीहरुमा के सद्बुद्धि आउँछ भने ओहो! विकास निर्माणको चिजमा हामी सक्रिय भएर लाग्नु पर्ने रहेछ। भ्रष्टाचार गर्नु नहुने रहेछ। कम लागत र कम समयमा निर्माण सम्पन्न हुँदा त यसले ठूलो सन्देश दिन्छ। आज अलपत्र परियोजना हेर्नुहोस् अरबौं भ्रष्टाचार भएको हामी सुन्छौँ। यो रंगशालाले त ठूलो झापड दिन्छ। त्यसैले यो अभियानको अभियनता बनिदिनुहोस्। यो एकेडेमी मोडलमा छ। ७७ वटै जिल्लाका तपाईंका छोरा नातीलाई यहाँ राखेर अन्तर्राष्ट्रिय खेलाडी बनाउन सक्छौँ। एउटा खेलाडीलाई बाँच्ने आधार तयार पार्ने हो। अहिले पनि खेलेर बाँच्ने आधार छैन। यो खेलाडीको लागि मन्दिर बनिरहेको छ। यसलाई सफल पारौँ।

सुरुवातको दिनदेखि हामीबाट कुनै त्रुटी, कमीकमजोरी छ भने म माफी माग्न चाहन्छु। सुरुवाती दिनदेखि इमान्दारिता बाहेक केही छैन। जहाँ पनि जसरी पनि प्रस्तुत हुन सक्छु। त्यसैले यो रंगशाला निर्माण अभियानको सारथी बनिदिनु हुन अनुरोध गर्छु।

प्रकाशित मिति: शनिबार, पुस ४, २०७७  ०७:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
म फुटबलमा ‘डिक्टेटर’ बन्न आएको होइन : कर्मा छिरिङ शेर्पा [अन्तर्वार्ता] हाम्रो जुन ‘चेन्ज एन्फा’को नारा छ, त्यो निरन्तर चलिरहेकै छ। अब जसलाई ‘चेन्ज कर्मा’को नारा लगाउनु छ, त्यो उहाँहरूको विवेकमा म छोड्छु।... बिहीबार, असार २, २०७९
राखेप सदस्यसचिवको अन्तर्वार्ता: अब नवौं राष्ट्रिय खेलकुदका लागि होमिउँ अब सिंगो खेलकुदका संघ, प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई नवौं राष्ट्रिय खेलकुद सफल बनाउने गरी होमिन आग्रह गर्न चाहन्छु। शुक्रबार, वैशाख २, २०७९
‘व्यापारीक घरानालाई आकर्षण गर्ने कोसिस गरेका हौं, एनएसएललाई ‘ए’ डिभिजनको विकल्प बनाउन खोजेका होइनौं’ नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरामा आयोजना हुँदैछ। विगतको संस्करणमा सात टिमले सहभागिता ज... बिहीबार, चैत ३, २०७८
ताजा समाचारसबै
श्रीलङकाः हेलिकप्टर दुर्घटनाान छ जनाको मृत्यु, छ सख्त घाइते शुक्रबार, वैशाख २६, २०८२
भारत-पाकिस्तान तनाव बढ्दै जाँदा बीसीसीआईले रोक्यो आईपीएल शुक्रबार, वैशाख २६, २०८२
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ शुक्रबार, वैशाख २६, २०८२
राष्ट्र बैंकले २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने शुक्रबार, वैशाख २६, २०८२
कांग्रेस भारत र पाकिस्तानबिच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा : प्रवक्ता महत शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
तीनकुनेमा पछाडिबाट आएको गाडीले ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते बिहीबार, वैशाख २५, २०८२
भारतको हवाई आक्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या ३१ पुग्यो बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्