• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

गौतम बुद्ध क्रिकेट रंगशाला : गरेरै देखिएको उदाहरणीय काम

64x64
सराेज तामाङ सोमबार, मंसिर २९, २०७७  १२:२७
1140x725

चितवन- जनस्तरको सहयोगमा निर्माण भइरहेको गौतम बुद्ध अतर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा ‘गौतम बुद्ध कप’ प्रतियोगिता चलिरहेको छ। यता, प्रतियोगिता चलिरहँदा नमुना मैदानसँगै जोडिएको ‘गौतम बुद्ध अतर्राष्ट्रिय क्रिकेट रंगशाला’ धमाधम निर्माण भइरहेको छ।

नमुना क्रिकेट मैदानमा खेल्दै गर्दा छेवैमा बन्दै गरेको रंगशाला देखेर राष्ट्रिय टिमका खेलाडीहरुलाई झनै उत्साह थपिन्छ। खेल्ने मनोबल बढ्छ। आत्मविश्वास पनि। निर्माणको माहोल नै यस्तै छ। काम गर्ने शैली फरक देखिन्छ। 

सरकारबाट वर्षौंदेखि निर्माणाधीन अवस्थामा रहेका रंगशालालाई हेरेर निराश भएका खेलाडीलाई ‘गौतम बुद्ध अतर्राष्ट्रिय क्रिकेट रंगशाला’ ले सान्त्वना दिएको छ। धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा निर्माण भइरहेको यो रंगशालाले आकार पाइसकेको छ। काम तीब्र गतिमा भइरहेको फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले सुनाए।

गरे के हुन्न? भन्ने धुर्मुस सुन्तली फाउन्डेसनले देखाएको छ। रंगशालाको नाममा करोडौं बजेट छुट्याएर झ्वाम पार्ने सरकारी संयन्त्र र मन्त्रीहरुको लागि पनि यो ठूलो झापड हो। चितवन जिल्लाको सदरमुकाम भरतपुर महानगरपालिकादेखि ८ किलोमिटर टाढा रामपुरमा निर्माणाधीन रंगशालाको मैदानको काम करिब ८५ प्रतिशत सकिएको फाउन्डेसनका अध्यक्ष कट्टेलले बताए। उनले भने, ‘एउटा नमुना क्रिकेट मैदान तयार भइ अहिले गौतम बुद्ध कप प्रतियोगिता आयोजना भइरहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट रंगशालातर्फ चाहिँ मैदानको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ।’

त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वनविज्ञान विश्वविद्यालयको मातहातमा रहेको जग्गामा भरतपुर महानगरपालिकासँग सम्झौतापछि निर्माण थालिएको करिब एक वर्ष पुग्यो। यो अवधिमा धेरै किसिमको समस्या र पस्थितिको सामना धुर्मुस सुन्तली फाउन्डेसनले भोग्नु परेको छ। डोजरै लगाएर तारबार भत्काउनेदेखि विभिन्न आरोपसमेत फाउन्डेसनमाथि लाग्यो। तर पनि पछि हटेन फाउन्डेसन। एकीकृत बस्ती निर्माण गर्दा मिलेको जनस्तरको साथ रंगशाला निर्माणमा पनि देखियो। यही साथ र सहयोग धुर्मुस सुन्तलीको मुख्य उर्जा बन्यो। त्यही उर्जाले अहिले रंगशालाले सार्थकता पाउँदै छ। अनि आफ्नै देशमा सुविधा सम्पन्न ठूलो रंगशालामा खेल्ने नेपाली खेलाडीको सपना पनि।

आइतबार करिब ४०-४५ जना राष्ट्रिय खेलाडीबीच फाउन्डेसनका अध्यक्ष कट्टेल भावुक भए। निर्माणको प्रगति र विवरण खेलाडीलाई सुनाउँदै उनले भने थिए, ‘निर्माण कार्य तीब्र भइरहेको छ। यो पटक नमुना मैदानमा खेलायौं। अर्को वर्ष तपाईंहरुलाई रंगशालामै खेलाउँछौं। त्यो पनि अन्तर्राष्ट्रिय खेल।’

Ncell 2
Ncell 2

करिब ३० हजार दर्शक क्षमता रहने यो रंगशालाको प्याराफिटतर्फको काम अहिले धमाधम भइरहेको छ। प्याराफिटतर्फ एट्यान्ड-ए र एट्यान्ड-बी भनेर नामाकरण गरेर काम भइरहेको अध्यक्ष कट्टेलले भने, ‘३० हजार दर्शक क्षमता रहेको प्याराफिटतर्फ एट्यान्ड-ए र एट्यान्ड-बी भनेर नामाकरण गरेर काम भइरहेको छ। एट्यान्ड-ए र एट्यान्ड-बी मा पनि ‘ए वान’ र ‘ए टु’ भन्ने रहेको छ। दुबै तर्फको मेसेनरी वालको काम सकिएको छ। गत साउनको एक गतेबाट जगको ढलान गरेर पाँच महिनाको अवधिमा २८६ वटटा पिल्लरहरु उठाइसकेका छौँ।’

अहिले सम्पूर्ण जगको काम सकिएको छ। अब प्याराफिटको माथि उठाउने काम भइरहेको छ। २५३ जना जनशक्ति अहिले पनि निरन्तर खटिरहेका छन्। ‘विषम परिस्थितिमा पनि हाम्रो काम रोकिएन। दसँै तिहार छठ पनि हामीले यहि नै मनायौं। यसरी नै निरन्तर काम भइरह्यो भने निर्माण सम्पन्न गर्न धेरै समय लाग्दैन’, फाउन्डेसनका अध्यक्ष कट्टेलले भने।

निर्माणले गति लिइरहेको छ। कामदारहरु ब्यस्त छन्। रंगशालाको मैदानको स्वरुप बदलिँदो छ। तर फाउन्डेसनलाई आर्थिक बोझ पनि उत्तिकै बढ्दो छ। एकपछि अर्को गर्दै अहिले लाख हुँदै करोेडौँ पुगेको छ। अहिले पनि उदारो मात्रै करिब ८-९ करोड भएको कट्टेल बताउँछन्। तर पछिल्लो समयमा सहयोगी हातहरु फेरि फैलिएका छन्। आर्थिक सहयोग गर्नेहरु आइरहेकै छन्। 

 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  १२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्