एजेन्सी– बलिउड अभिनेत्री सोनम कपुरले व्यापारी आनन्द आहुजासँग मंगलबार लगनगाँठो कसिन्। विवाहपछिको भोज समारोहमा विभिन्न भारतीय कलाकारहरुले उपस्थिति जनाए।
कार्यक्रमका सहभागी बलिउड अभिनेता सलमान खान र साहरुख खानको एक भिडियो सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ। भिडियोमा सोनमकी आमालाई सलमान र साहरुखले गीत गाएर सुनाएका छन्।
उक्त गीत सुनेर सोनमकी आमा खुब लजाएकी छन्, जुन भिडियोमा देख्न सकिन्छ।
उनीहरुको यो रमाइलोमा सोनम–आनन्दका साथै अनिल कपुर, मिका सिंह, रणविर सिंह लगायतका कलाकारहरुले साथ दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।