काठमाडौं– युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले २००१ देखि आयोजना हुँदै आएको मिस्टर नेपाल प्रतियोगिताको सन् २०१८ का लागि आवेदन खुल्ला भएको छ। आयोजक एक्सपोज नेपालले आवेदन खुल्ला गरिएको जानकारी गराएको हो।
१८ वर्षदेखि २८ बर्ष ननाघेका युवाहरुले प्रतियोगितामा सहभागीता जनाउन पाउनेछन्। प्रतियोगिताका लागि काठमाडौं, पोखरा, चितवन, बुटवल, इटहरी लगायतका सहरहरुमा पहिलो चरणको अडिसन हुनेछ। पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगीहरुलाई मात्र फाइनल प्रतिस्पर्धामा सहभागी गराउने आयोजकको तयारी रहेको छ।
यसपटकको संस्करणबाट अन्तराष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने नयाँ ‘मिस्टर नेपाल’का साथै अन्य तीन प्रतियोगी समेत छानिने जानकारी दिइएको छ। छानिएकामध्ये ‘मिस्टर नेपाल’ले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस्टर वर्ल्ड’ मा सहभागी जनाउनुका साथै चलचित्र, म्युजिक भिडियोमा अभिनय गर्न पाउनेछन्। नयाँ मोटरबाइक ‘सुजुकी इन्टडर’ पनि दिइनेछ।
त्यसैगरि अन्यले अन्तर्राष्ट्रिय प्रतियोगिता क्रमश: ‘मिस्टर युनिभर्सन एम्बास्डर’, ‘म्यान अफ द इयर’ र ‘मिस्टर नेसनल युनिभर्स’मा सहभागिता जनाउने अवसर प्राप्त गर्ने एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी गराइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।