एजेन्सी–फ्रान्सको एक अदालतले सन् २०१५ मा पेरिसस्थित ‘चार्ली हेब्दो’ पत्रिकाको कार्यालयमा भएको आतंकवादी आक्रमणमा संलग्नलाई सहयोग गरेको आरोपमा १४ जनालाई दोषी ठहर गरेको छ । जनवरी २०१५ मा भएको उक्त आक्रमणमा महिला प्रहरीसहित १७ जना मारिएका थिए।
बुधबार भएको सुनुवाइमा ११ अभियुक्त अदालतमा उपस्थित भएका थिए। अदालतमा अनुपस्थित भएका एक अभियुक्त हयात बाओमुद्दीनलाई आतंकवादीलाई आर्थिक सहयोग गरेको आरोपमा ३० वर्षको कैद सजाय सुनाइएको छ। बायोमुद्दीन भने आक्रमणको १ साताअघि सिरिया भागेका थिए।
यस्तै, अर्का अभियुक्त अली रजा पोलाटलाई पनि आक्रमणमा दोषी पाइएकोमा ३० वर्षको कैद सजाय सुनाइएको छ। ११ अभियुक्तमध्ये ६ जनालाई आतंकवादीको अभियोगबाट मुक्त गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।