एजेन्सी–अमेरिकी कम्पनी मडेर्नाले तयार पारेको खोप अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) द्वारा अनुमति पाउने दोस्रो खोप बन्ने भएको छ।
खोप ९४ प्रतिशत प्रभावकारी देखिएसँगै एफडीएद्वारा अनुमति पाउने बाटो खुलेको हो। यसअघि फिजर र बायोएनटेकले तयार पारेको खोपलाई एफडीएले आपतकालीन प्रयोगको स्वीकृति दिएको थियो।
मडेर्नाको खोपलाई आपतकालीन प्रयोगको स्वीकृति दिन एफडीएका वैज्ञानिकको समूहको बैठक बस्दैछ । एफडीएले मडेर्नाको खोपमा कुनै पनि विशेष सुरक्षा चिन्ता नभएको र गम्भीर खालका रियाक्सन नभएको जनाएको छ।
एफडीएले स्वीकृति दिएको खण्डमा २४ घण्टाभित्र डेलिभर गर्न सकिने मडेर्नाले जनाएको छ।
यो खोप लगाउँदा ज्वरो आउने, टाउको दुख्ने र मांसपेशी तथा जोर्नी दुख्नेजस्ता सामान्य साइडइफेक्ट्स भने हुने जनाइएको छ। सन् २०१० मा स्थापना भएको मडेर्नाका कुनै पनि उत्पादनहरुलाई एफडीएले हालसम्म स्वीकृति दिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।