काठमाडौैं– गृहमन्त्रालयले सुरु गर्न लागेको ‘लागुपदार्थ निषेध र मदिरा नियन्त्रण’ अभियानलाई सफल बनाउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले युवा तथा बिद्यार्थी नेताहरुसँग छलफल गरेका छन्। अभियानलाई सफल बनाउन आफुहरुको पुर्ण साथ र समर्थन रहने प्रमुख राजनीतक दल आवद्ध विद्यार्थी संगठन र युवा संगठनका नेताहरुले प्रतिवद्धता व्यक्त गरेका छन ।
मंगलबार गृहमन्त्रीको उपस्थितीमा नेकपा(एमाले), नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), संघिय 8वादी फोरम र राष्ट्रिय जनता पार्टी आवद्ध विद्यार्थी संगठन र युवा संगठनका प्रतिनिधिहरु सहितको छलफलमा विद्यार्थी र युवा नेताहरुले यस्तो प्रतिवद्धतामा हस्ताक्षर गरेका छन्।
कार्यक्रममा गृहमन्त्री थापाले केहीदिनमै मन्त्रालयले केन्द्रमा काठमाडौँबाट र स्थानिय तहमा देशभरका वडाहरुबाट एकैसाथ ‘लागुपदार्थ निषेध र मदिरा नियन्त्रण’ अभियान सुरु गर्न लागेको जानकारी दिँदै त्यसमा साथ दिन आग्रह गरे।
प्रत्येक वडामा युवा, विद्यार्थी, मजदुर, महिला, नागरिक 8 र सुरक्षाकर्मी सहितको ‘लागुपदार्थ निषेध र मदिरा नियन्त्रण’ समिति गठन गर्ने मन्त्रालयको तयारी छ।सोही समितिलाई वडामा लागुपदार्थ र मदिराको अवस्थाबारे प्रत्यक्ष निगरीनी गरी कारवाही अघि बढाउने जिम्मेवारी दिन लागिएको छ।
यस्तो कार्य सुरक्षा निकायको एकल प्रयासले मात्रै सफल हुने नभएकोले स्थानिय जनतालाईनै परिचालन गर्ने मन्त्रालयको नीति रहेको गृहमन्त्री थापाले बताए।
तत्कालै मदिरा निषेध सम्भव नभएपनि निश्चित उमेरका व्यक्तिले निश्चित समय र स्थानमामात्रै मदिराको प्रयोग र विक्रीवितरण गर्न पाउने गरी योजना गृह मन्त्रालयको छ।
कार्यक्रममा गृहसचिव प्रेमकुमार राई सहित गृहमन्त्रीका सल्लाहकार सूर्यप्रकाश सुवेदी, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपराज रेग्मी लगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।