काठमाडौं– अरुसँग श्रीमती लागेको भन्दै क्षेत्रपाटीमा एक युवकले श्रीमतीको हत्या गरेको खुलेको छ। बर्दिया घर भई क्षेत्रपाटीको ताम्सीपाखा बस्ने दर्न बहादुर क्षत्रीले सोमबार बेलुका श्रीमती रेशमकला रोकायको हत्या गरेका थिए।
प्रहरीका अनुसार ११ वर्षअघि उनीहरुबीच प्रेम विवाह भएको थियो। श्रीमती अरुसँग हिड्ने आशंकामा उनीहरुबीच झगडा हुँदै आएको थियो। सोमबार पनि सोही विषयमा झगडा भएपछि श्रीमतीलाई टाउकोमा रडले हानेर उनी भागेका थिए। श्रीमतीले तनाव दिएकाले आवेगमा आएर हत्या गरेको उनले पक्राउ परेपछि बताएका छन्।
मंगलबार दिउँसो अपराध महाशाखाको टोलीले उनलाई चाबहीलबाट पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।