एजेन्सी–संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशले विश्वभरका मुलुकहरुलाई जलवायु संकटकाल घोषणा गर्न आव्हान गरेका छन्।
पेरिस जलवायु सम्झौताको ५ वर्ष पूरा भएको अवसरमा आयोजित भर्चुअल सम्मेलनमा गुटेरेशले महामारीबाट भएको नोक्सानीको क्षतिपूर्तिस्वरुप कम कार्बन भएको इन्धनको तुलनामा जीवाश्म इन्धनमा ५० प्रतिशत बढी खर्च गरेको भन्दै धनी देशको आलोचना गरे।
उनले ३८ मुलुकले पहिल्यै जलवायु संकटकाल घोषणा गरिसकेकाले बाँकी मुुलुकले पनि घोषणा गर्न आग्रह गरे। उनले कार्बन न्युट्रालिटी (कार्बनडाइअक्साइड कम उत्सर्जन गर्ने) को लक्ष्य हासिल गरेपछि जलवायु संकटकाल पनि समाप्त हुने बताए।
उनले जीवाश्म इन्धनमा बढी खर्च गर्नु ‘भावी पुस्ताबाट उधारो लिए खर्च गर्नु’ जस्तै रहेको टिप्पणी गरे। बेलायत, फ्रान्स र राष्ट्रसंघद्वारा आयोजित उक्त कार्यक्रममा कार्बन उत्सर्जन बढी गर्ने मुलुकहरु अस्ट्रेलिया, साउदी अरब, रुस तथा मेक्सिकोले भने भाग लिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।