काठमाडौं– आकाश पल इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्म ’कुम्भ करण’ नेपाल र अस्ट्रेलियामा एकसाथ प्रदर्शनमा आउने भएको छ।
आकाश पल र अस्ट्रेलियाको ग्लोबल मिडिया रिसर्च सेन्टरको तर्फबाट गणेश मल्ल ठकुरीबीच भएको यसबारे सम्झौता भएको हो।
फिल्मको प्रदर्शन मिति तय भएसँगै साउन्ड डबिङको कार्य पनि प्रारम्भ भएको फिल्मका अभिनेता गौरव पहारीले जानकारी दिए। फिल्म असार ८ बाट प्रदर्शनमा आउँदै छ।
अस्ट्रेलियाका लागि रु १२ लाखमा डिजिटल प्रतिलिपि अधिकार बिक्री गरेको फिल्म युनिटले जनाएको छ।
निशा अधिकारीसहित, गौरव पहारी, भोला सापकोटा, अभय बराल, आकाश पल, प्रमोद अग्रहरि, कमल गाउँले, सद्भाव थापा लगायतको अभिनय रहेको छ। फिल्म दीपक ओलीको निर्देशनमा बनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।