एजेन्सी–राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिन एक महिना बाँकी छँदा अमेरिकामा एक व्यक्तिलाई मृत्युदण्ड दिइएको छ।
इण्डियाना राज्यमा क्षमादानका लागि गरिएको अन्तिम समयको अनुरोधलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि ब्रान्डन बर्नार्डलाई मृत्युदण्ड दिईएको हो।
४० वर्षका बर्नार्डलाई सन् १९९९ मा उनी किशोर अवस्थामा छँदा नै हत्याको अभियोगमा दोषी ठहर गरेर सजाय सुनाइएको थियो। संघीय सरकारले मृत्युदण्ड कार्यान्वयन गरेपछि ७० वर्षयता मृत्युदण्ड पाउनेमा उनी सबैभन्दा कम उमेरका दोषी हुन्।
बिहीवार विषको इन्जेक्सनबाट मृत्युवरण गर्नुअघि उनले आफूले हत्या गरेको जोडीका परिवारसमक्ष क्षमायाचना गरेका थिए।
उनले तीन मिनेटसम्म बोलेर आफ्नो अन्तिम भावना अभिव्यक्त गरेका थिए।
उनलाई मृत्युदण्ड दिने समय निर्धारित समयभन्दा दुई घण्टा ढिलो भएको थियो। उनका वकिलहरूले अन्तिम समयसम्म पनि सजाय कार्यान्वयन रोक्न सर्वोच्च अदालतमा निवेदन दिएका थिए जुन सफल हुन सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।