एजेन्सी–अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) माथि फाइजर–बायोएनटेक कोरोना भ्याक्सिनको आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गर्न दबाब परेको छ।
ह्वाइटहाउसले एफडीए प्रमुख स्टीफन हानलाई कोरोना भ्याक्सिनलाई स्वीकृति नदिए पदबाट हट्न दबाब दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिकामा सबैको नजर अब एफडीएमाथि छ। एफडीएका विशेषज्ञले बिहीबार फाइजर भ्याक्सिनलाई समर्थन गरेका थिए। अमेरिकी स्वास्थ्यमन्त्रीले पनि भ्याक्सिनलाई केही दिनमै स्वीकृति दिनुपर्ने बताएका थिए।
तर फाइजरलाई बेलायत, क्यानडा, बहराइन र साउदी अरबले स्वीकृति दिइसकेका छन्।
अमेरिकामा यतिखेर कोरोना महामारी झन् तीव्र भइरहेको छ। यहाँ बुधबार २ लाखभन्दा बढी मानिस संक्रमित भएका थिए भने ३ हजारभन्दा बढीको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।