मुस्ताङ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा मुक्तिनाथ परिसर क्षेत्र प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ। मुक्तिनाथ दर्शन भ्रमण कार्यक्रमलाई सुरक्षित एवं भरपर्दो बनाउने भन्दै तीर्थयात्री एवं पर्यटकका लागि बैसाख २८ गते अपराह्न ४ बजेदेखि २९ गते मध्याह्न १२ बजेसम्म प्रवेशमा रोक लगाइने भएको हो।
जिल्ला सुरक्षा समिति मुस्ताङको आज बसेको बैठकले मनाङबाट थोराङपास हुँदै मुस्ताङ र मुस्ताङबाट मनाङ आउने जाने पदयात्रीको पदयात्रालाई नियमित तथा सूचारु गर्न मुक्तिनाथ मन्दिर परिसर क्षेत्रबाहिरको वैकल्पिक बाटो तय गरेको छ। प्रमुख जिल्ला अधिकारी शिशिरराज पौडेलका अनुसार २८ र २९ गते पदयात्रीका लागि छेन्गुर, झोङ, पुटाक हुँदै कागबेनीको बाटो तय गरिएको छ।
पदयात्रामा जाने पर्यटकका लागि वैकल्पिक पदमार्ग व्यवस्था गरिनु स्वागतयोग्य भएको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारीले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।