एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र मोरक्को राजनीतिक सम्बन्ध स्थापित गर्न तयार भएको बताएका छन्।
अगष्टयता इजरायलसँग सम्झौता गर्ने देशमा मोरक्को चौथो भएको छ। यसअघि संयुक्त अरब इमिरेट्स, बहराइन र सुडानसँग इजरायलले सम्झौता गरेको थियो। यसका साथै मोरक्को इजरायलसँग सम्बन्ध सुधार गर्ने अरब लिगको छैटौं सदस्य बनेको छ।
ट्रम्पले ट्वीट गर्दै इजरायल र मोरक्को पूर्ण राजनीतिक सम्बन्ध स्थापित गर्न तयार भएको र मध्यपूर्वमा शान्ति स्थापनाका लागि यो एक महत्वपूर्ण कदम भएको जनाएका छन्।
ट्रम्प र मोरक्कोका राजा मोहम्मद छैटौं क्षेत्रीय स्थिरतालाई अघि बढाउन र इजरायलसँग राजनीतिक सम्बन्ध स्थापित गर्न सहमत भएको ह्वाइटहाउसले जनाएका छ।
यो सम्झौताअनुसार विवादित पश्चिमी सहारा क्षेत्रमा मोरक्कोको दाबीलाई मान्यता दिन अमेरिका सहमत भएको छ। यो क्षेत्रका विषयमा मोरक्को र अल्जेरियासमर्थित पोलिसारियो फ्रन्टबीच विवाद छ। यहाँ एक स्वतन्त्र राज्य स्थापित गर्नुपर्ने माग भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।