काठमाडौं– अन्तर्राष्ट्रिय फ्रेन्चाइज सौन्दर्य प्रतियोगिता ‘म्यान अफ द वर्ल्ड’को नेपाली संस्करणको घोषणा भएको छ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिलिपिन्सबाट सुरु भएको उक्त पुरुष सौन्दर्य प्रतियोगिता अब नेपालमा हुन लागेको घोषणा गरियो।
प्रतियोगितामा भाग लिन चाहने युवाहरुका लागि यही बैसाख ३० गतेबाट अडिसन सुरु हुने आयोजकले जनाएको छ। छनोट कार्यक्रम चितवन, बुटवल, विराटनगर, धरान हुँदै काठमाडौंमा आएर टुंगिनेछ। आयोजकका अनुसार, इच्छुक प्रतियोगीहरुले अनलाइन फर्म भरेर पनि सहभागिता जनाउन सक्नेछन्।
अन्तर्राष्ट्रिय स्तरमा पुरुष मोडलहरुको क्षमताको विकास गर्न तथा नेपाली युवा मोडलहरुलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन यो प्रतियोगिता आयोजना गर्न लागेको आयोजकतर्फका विमल परियारले बताए।
प्रतियोगितामा पहिलो हुनेले नगद एक लाखसँगै अन्तर्राष्ट्रिय टुरको प्याकेजक र अन्य गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। त्यस्तै, दोस्रो हुनेले नगद ५० हजार र तेस्रो हुनेले २५ हजार प्राप्त गर्ने जनाइएको छ।
प्रतियोगिताको फाइनल असार पहिलो साता दरबारमार्गस्थित होटल अन्नपूर्णमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।