नयाँ दिल्ली (एजेन्सी)– बलिउड अभिनेत्री सोनम कपुर र उनका प्रेमी फेसन व्यापारी आनन्द आहुजाको आज भव्य समारोहका बीच विवाह भएको छ।
सोनमकी काकी कविता सिंहको बान्द्रास्थित पुस्तैनी भवनमा पञ्जावी रीति-रिवाज अनुसार विवाह भएको हो।
यसैबीच विवाहका केही तस्बिर सार्वजनिक भएका छन्।
वरमाला पहिरिँदाकाे तस्बिरमा सोनम र आनन्द रोमान्टिक देखिएका छन्। सोनमले हँसमुख भावमा दुलहालाई वरमाला लगाइदिएकी थिइन्। यसैबीच वरमाला पहिर्याउँदाको एउटा भिडियो सार्वजनिक भएको छ।
विवाहमा बलिउडका कलाकारहरु अभिषेक बच्चन, रणवीर सिंह, अर्जुन कपुर, ज्याकलिन फर्नान्डिज, स्वरा भास्कर लगायत सरिक भएको तस्बिरहरुमा देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।