• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरिया रोजगारी : ७ हजारको अवसर गुम्यो, १० हजार युवा अन्याेलमा

कोरोना महामारीको चपेटामा कोरिया रोजगारी
64x64
निर्मला घिमिरे बुधबार, मंसिर २४, २०७७  ०६:०३
1140x725
कोरियाको एक कम्पनीमा काम गर्दै नेपाली युवा।

काठमाडौं- नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य मानिएको कोरियाको रोजगारी कोरोना महामारीको चपेटामा परेको छ। कोरियाबाट रोजगार सम्झौता पत्र (लेवर कन्ट्रयाक्ट) भई सिसिभिआई आएका युवा र बिदामा नेपाल आएका युवाहरुसमेत कोरियाको रोजगारीमा जान नपाएपछि यसको प्रत्यक्ष असर नेपाली श्रम बजारमा परेको हो। नेपालीहरू कहिलेदेखि कोरियाली रोजगारीमा जान पाउँछन् भन्ने विषय अझसम्म पनि निश्चित भइसहेको छैन। 

भएन भाषा परीक्षा, गुम्यो ७ हजार युवाको अवसर 
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत हरेक वर्ष हुँदै आएको कोरियाली भाषा परीक्षा यो वर्ष (सन् २०२०) मा नहुने भएसँगै करिब ७ हजार नेपाली युवाको रोजगारीको अवसर गुमेको छ। हरेक वर्ष हुँदै आएको कोरियाली भाषा परीक्षामा पछिल्ला वर्षमा ८० हजारभन्दा बढी युवाले परीक्षा हुँदै आएका थिए। तीमध्ये १० हजारभन्दा बढीले भाषा तथा सीप परीक्षण उतीर्ण गर्ने करिब ७ हजारको हाराहारिमा नेपाली श्रमिक कोरियाली रोजगारीमा प्रवेश गर्ने गरेका थिए। तर कोरोनाका कारण यो वर्ष इपिएस भाषा परीक्षा नै नभएपछि करिब ७ हजार युवाहरुको कोरिया रोजगारीको अवसर गुमेको हो। 

गत वर्ष (२०१९) को भाषा परीक्षामा ८४ हजार २ सय १५ जना युवाहरु सहभागी थिए। सहभागीमध्ये १२ हजार ९ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए। भाषा परीक्षाा उत्तीर्ण गरेकै मध्येबाट दक्षिण कोरियाले १० हजार ५० जना कामदार लैजाने उल्लेख गरेको थियो। 

अघिल्लो वर्ष भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका करिब ५ हजारको लेबर कन्ट्रयाक्ट आइसकेको इपिएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले बताए। ‘अघिल्लो वर्ष भाषा परीक्षा उत्तीर्ण हुनेमध्ये करिब ५ हजारको त लेबर कट्रयाक्ट नै आइसकेको छ। त्योभन्दा अघिल्ला वर्षमा रोस्टरमा पर्नेहरु पनि हुनुहुन्छ। बिदामा फर्किएकाहरु पनि कोरोनाका कारण जान पाउनु भएको छैन,’ निर्देशक गौतमले नेपाल लाइभसँग भने।

रोस्टरमा नाम रहेका तथा सिसिभिआई आएका व्यक्तिहरु पनि कोरोना महामारीका कारण रोकिएका छन्। उनीहरु कोरियाली रोजगारीमा कहिले जान पाउने भन्ने सन्दर्भमा नेपालले परराष्ट्र मन्त्रालयमार्फत् पत्र पठाएको र त्यसको जवाफ आइ नसकेको शाखाका निर्देशक गौतमले जानकारी दिए। 

१० हजारभन्दा बढीको रोजगारी अन्योल
कोरोना महामारीका कारण रोस्टरमा नाम रहेका तथा लेबर कन्ट्रयाक्ट, सिसिभीआई प्राप्त गरेका त्यस्तै गरी बिदामा स्वदेश फर्किएर अड्किएका १० हजारभन्दा बढी युवाको रोजगारी यतिबेला अन्योल बनेको छ। 

कोरियाको कृषि क्षेत्रमा काम गर्दै नेपाली युवाहरू। 

अघिल्लो वर्ष र त्योभन्दा दुई वर्षअघि भाषा परीक्षा पास गरी भिसाको पर्खाइमा रहेकाहरु समेत अलमलमा छन्। उनीहरूका सम्बन्धमा कुनै पनि निर्णय आइसकेको छैन। कोरोनापछि नेपाली श्रमिकहरु लैजान कोरिया सरकारले चासो देखाएको छैन। नेपालले सबै देशका लागि श्रम स्वीकृति तथा भिसा खुल्ला गरेपनि कोरिया सरकारले रोस्टरमा रहेका तथा बिदामा आएका श्रमिकहरुलाई कोरिया प्रवेशको अनुमति दिएको छैन।  

‘रोस्टरमा रहेकाहरुको नाम दुई वर्षपछि मात्रै हट्छ। केहीको रोस्टरबाट नाम हटिसकेको अवस्था पनि छ। भिसा सकिने अवस्थामा रहेकाहरुको भिसा अवधि थप्ने सम्बन्धमा हामीले अनुरोध गर्दै पत्रचार गरेका छौँ। त्यसको जवाफ आएको छैन,’ शाखाका निर्देशक इन्द्र गौतमले भने। उनका अनुसार कोरोना महामारीका कारण कामदार भर्ना प्रकृयामा आएको अप्ठ्यारो परिस्थितिमाथि  रोजगार सम्झौता (एमओयु) अनुसार अघि बढ्ने गरी तयारी गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यससम्बन्धमा दुई देशबीच छलफल प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ। कोरियाले केही समयभित्रै नेपाली श्रमिकहरु लैजान सुरु गर्ने उनको विश्वास छ। बिदामा आएका तथा भिसा अवधि सकिन लागेको अवस्थाका श्रमिकहरुले यस अघि कोरियाली रोजगारीमा सहजीकरण गरिदिन अनुरोध गर्दै प्रदर्शन पनि गरेका थिए।

त्यसपश्चात सरकारले कोरियाली रोजगारीमा देखिएको कठिनाइमा सहजीकरण गरिदिने उल्लेख गरेपनि समस्याको समाधान हुन सकेको छैन। नेपाल सरकारले केही समय अगाडि नै पत्राचार गरे पनि त्यसको जवाफ नआएपछि पुनः पत्राचार गरिएको इपिएस कोरिया शाखाले जानकारी दिएको छ। 

२०२१ का लागि भाषा परीक्षाको तयारी
इपिएसअन्तर्गत आगामी वर्ष २०२१ का लागि भने भाषा परीक्षाको तयारी थालिएको छ। यसको टुंगो आगामी जनवरीदेखि फेब्रुअरीसम्ममा लाग्ने शाखाका निर्देशक इन्द्र गौतमले जानकारी दिए। कोरियाले २०२१ मा कति कामदार लैजाने भन्ने सन्दर्भमा भने अहिलेसम्म टुंगो लागि नसकेको उनको भनाइ छ। 

किन आकर्षक कोरिया रोजगारी? 
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत् कोरियाली रोजगारीमा नेपाली युवाको आकर्षण बढी छ। सन् २००८ देखि इपिएस प्रणालीमार्फत् नेपाली युवाहरु रोजगारीमा कोरिया गइरहेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाली युवा जाने निर्माण तथा कृषिजन्य काममा नेपाली युवाका लागि अन्य गन्तव्यभन्दा तुलनात्मक रूपमा कमाइ बढी हुने भएकाले नेपालीहरु कोरियाप्रति आकर्षित छन्। इपिएस प्रणालीमार्फत् हालसम्म झन्डै ७० हजार नेपाली युवाहरुले कोरियाली रोजगारीको अवसर पाएका छन्। 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  ०६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो शनिबार, असोज ३१, २०८३
कांग्रेस सभापति गगन थापाले लिए शपथ शनिबार, असोज ३१, २०८३
युवराज सम्राको शतकमा क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्