राजविराज– सप्तरीको शम्भुनाथ नगरपालिकामा गएराति छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ। शम्भुनाथ–७ भंगाहा निवासी नमोदास चौधरीका छोरा ३० वर्षीय अजय चौधरीको छुरा प्रहारबाट मृत्यु भएको हो।
स्थानीय १९ वर्षीय आनन्द चौधरीले अजयलाई छुरा हानेको प्रहरीले आशंका गरेको छ। उनी फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।
गाउँमै भएको विवाह भोजमा भेट भएका अजय र आनन्दको बीचमा राति विवाद भएको थियो। परिवारका सदस्यहरुले दुवैलाई घर लिएर गए पनि ट्वाइलेट जाने बहानामा आनन्द घरबाट निस्किएका थिए।
उनले नै अजयको हत्या गरेको हुनसक्ने स्थानीयले आशंका गरेका छन्। घटनाको थप अनुसन्धान र फरारको खोजतलास सुरु गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।