• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन २२, २०८२ Fri, Mar 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा स्थायी कमिटी बैठक निश्चित, ओलीको उपस्थिति अनिश्चित

64x64
नेपाल लाइभ शनिबार, मंसिर २०, २०७७  १८:०३
1140x725

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आइतबार बस्ने निश्चित भएको छ। शनिबारको सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले बैठकलाई निश्चित गरेको बताए।

‘पार्टीको केन्द्रीय सचिवालयको बैठकले पूर्वनिर्धारित भोलि १ बजे स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नै हुने कुरालाई निश्चित गर्दै उक्त बैठकमा नै अब पार्टीको संकट र यसको निवारण सम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ’, उनले भने।

यसअघि गत मंसिर ३ गतेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति मंसिर १८ गतेलाई तोकेको थियो। तर, सचिवालयमा अध्यक्षद्वयको प्रस्तावले निम्तिएको असहज परिस्थितिले गर्दा मंसिर २१ गतेलाई बैठक सारिएको थियो। मंसिर १७ गतेको सचिवालय बैठकले १८ गतेको बैठकलाई २१ गतेसम्म सारेको हो।

बैठकप्रति अध्यक्ष ओली सकारात्मक छैनन्। उनले यसअघि नै बैठकको आवश्यकता नभएको दाबी गर्दै आएका छन्। शनिबारको सचिवालयले निश्चित गरेको आइतबारको स्थायी कमिटी बैठकप्रति पनि उनले रुची देखाएका छैनन्।

एक सचिवालय सदस्यका अनुसार उनले आइतबारको स्थायी कमिटी बैठकको उपयोगितामा प्रश्न उठाएका छन्। उनले बैठक नराख्न प्रस्ताव गरेका थिए। तर अन्य सदस्यले बैठक राखेर छलफल गर्नुपर्नेमा जोड दिएपछि बैठक बस्ने तय भयो। तर ओलीले बैठकमा आउने वा नआउने बारे केही भनेका छैनन्।

गत १६ गतेको सचिवालय बैठक पनि सुरुमा धुम्बाराहीकै लागि तोकिएको थियो। तर, ओलीले पार्टी कार्यालयमा नजाने अडान राखेपछि बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बसेको थियो। धुम्बाराहीमा नजानका लागि ओलीले सुरक्षा लगायतका अप्ठ्यारा देखाएको सार्वजनिक भएको थियो।

प्रवक्ता श्रेष्ठका अनुसार, आइतबारको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले फरकफरक सचिवालय बैठकमा पेश गरेको प्रस्तावमाथि छलफल गरिने छ। प्रचण्डले कात्तिक २८ गते र ओलीले मंसिर १३ को सचिवालय बैठकमा क्रमशः १९ र ३८ पृष्ठको प्रस्ताव  पेश गरेका थिए। उनीहरुले आफ्नो प्रस्तावमा एकअर्काप्रति आलोचना र गुनासो गरेका छन्।

शनिबारको सचिवालय बैठकअघि दुई अध्यक्षबीच केहीबेर भेट पनि भएको थियो। तर त्यसले कुनै निष्कर्ष निकाल्न सकेन। ‘अध्यक्षहरुको बीचमा आज छलफल भयो। छलफल पार्टीको स्वाभाविक रुपमा समस्या र समाधानमा नै केन्द्रित थियो। तर आजकै छलफलले कुनै निष्कर्ष निकाल्न सम्भव पनि थिएन। र आज निष्कर्ष निस्किसकेको छैन’, श्रेष्ठले भने।

Ncell 2
Ncell 2

उनका अनुसार, स्थायी कमिटीकै बीचमा पनि अध्यक्षहरुको बीचमा छलफलको प्रक्रिया पनि अगाडि बढ्ने छ। र आवश्यकता पर्‍यो भने स्थायी कमिटीको बीचमा पनि पार्टीका नेताहरुको बीचमा र सचिवालयको अनौपचारिक, औपचारिक छलफल बस्नेछ।

ओलीले अध्यक्षद्वयको प्रस्तावहरुलाई अन्य कमिटीमा लैजान चाहेका थिएनन्। सुरुवातमा उनले प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्ने र माफी माग्नुपर्ने बताएका थिए। तर, पछिल्ला दिनमा उनी निकटका नेताहरुले दुवै अध्यक्षको प्रस्ताव फिर्ता लिने र संयुक्त प्रस्ताव ल्याउन प्रचण्डलाई सहमत गराउने प्रयास गरेका थिए। जसलाई प्रचण्डले अस्वीकार गरिदिएका थिए।

आज भएको ओली-प्रचण्डबीचको छलफलको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। उनीहरुबीच कुनै विशिष्ट सहमति नभएको भए ओली स्थायी कमिटीमा सहभागी हुने सम्भावना न्यून बन्ने छ।

२०७६ मंसिर २९ देखि पुस ६ गतेसम्म चलेको स्थायी कमिटीको बैठकमा पनि ओली सहभागी थिएनन्। धुम्बाराहीमै बसेको सो बैठकमा दुवै अध्यक्षको तर्फबाट प्रचण्डले नै प्रतिवेदन पेश गरेका थिए। उनैले ओलीलाई बैठकको रिपोर्टिङ गर्ने गरेका थिए। त्यतिबेला ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि आराम गरिरहेकाले उनको अनुपस्थिति त्यति चर्चाको विषय भएको थिएन। अर्कोतिर, सोही वर्षको मंसिर ४ गतेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेकाले बैठकमा प्रचण्डको अध्यक्षतालाई स्वभाविक ठानिएको थियो।

यसपटक भने पार्टी विवाद उत्कर्षमा पुगेको छ। र, ओलीले बैठकमा हुने छलफल आफू विरुद्ध लक्षित हुने आकलन गरेर अरुची देखाउँदै आएका छन्। त्यसैले पनि बैठकअघि उनको उपस्थिति वा अनुपस्थितिको चर्चा हुने गर्छ।

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७  १८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जुम्लामा शाही अघिअघि, भण्डारी पछ्याउँदै
कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला
रास्वपाको विजययात्रा सुरु, काठमाडौं– १ मा दर्शना र ८ मा विराजभक्त श्रेष्ठ विजयी
सम्बन्धित सामग्री
जुम्लामा शाही अघिअघि, भण्डारी पछ्याउँदै कनका सुन्दरी गाउँपालिकाको वडा नम्बर १ र २ मा १ हजार २४५ मत गणना हुँदा शाहीले ५४१ मत प्राप्त गरेका छन् । शुक्रबार, फागुन २२, २०८२
कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला चुनावी प्रारम्भिक मत परिणाम अनुसार पार्टीले लज्जास्पद हार बेहोर्दै गर्दा उपसभापति शर्माले संयमित भएर मतदाताको फैसला स्वीकार्य भएको ब... शुक्रबार, फागुन २२, २०८२
रास्वपाको विजययात्रा सुरु, काठमाडौं– १ मा दर्शना र ८ मा विराजभक्त श्रेष्ठ विजयी काठमाडौं– ८ बाट रास्वपाकै विराजभक्त श्रेष्ठ पनि विजयी भएका छन् । केही मत गणना बाँकी भए पनि मतान्तरले अवस्थाले यी दुवै उम्मेदवार विजय... शुक्रबार, फागुन २२, २०८२
ताजा समाचारसबै
जुम्लामा शाही अघिअघि, भण्डारी पछ्याउँदै शुक्रबार, फागुन २२, २०८२
कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला शुक्रबार, फागुन २२, २०८२
रास्वपाको विजययात्रा सुरु, काठमाडौं– १ मा दर्शना र ८ मा विराजभक्त श्रेष्ठ विजयी शुक्रबार, फागुन २२, २०८२
मोरङ ३ मा माटोको अग्रता कायमै शुक्रबार, फागुन २२, २०८२
जुम्लामा राप्रपाले लियो अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
भक्तपुर १ : रास्वपाका रुकेश अगाडि शुक्रबार, फागुन २२, २०८२
भक्तपुर-२ मा रास्वपा उम्मेदवार खत्री अगाडि, पछ्याउदै महेश बस्नेत शुक्रबार, फागुन २२, २०८२
सुदूरपश्चिमका चार क्षेत्रमा गणना जारी, दुई क्षेत्रमा रास्वपाको अग्रता शुक्रबार, फागुन २२, २०८२
खगेन्द्र सुनार दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्