विराटनगर– मोरङको क्षेत्र नम्बर ३ मा श्रम संस्कृति पार्टीका अमिर मगरले अग्रता कायमै राखेका छन् ।
निर्वाचन कार्यालयले जारी गरेको दोस्रो परिणाम अनुसार श्रम संस्कृति पार्टीका मगरले ५०९ मत प्राप्त गरेका छन् ।
उनलाई काँग्रेसका सुनिल शर्माले ३२८ मतका साथ पछ्याइरहेका छन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्कीले भने २८३ मत पाएका छन्।
यस्तै एमालेले सो क्षेत्रमा ६७ मत पाउँदा नेकपाले १३, राप्रपाले ३, मंगोल नेशनल अर्गनाइजेसनले ७, उज्यालो नेपाल पार्टीले ५ मत प्राप्त गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।