काठमाडौं– २१ फागुनको निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खाता खोलेको छ ।
काठमाडौं– १ बाट रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) मतगणना नसकिँदै विजयी भएकी छिन् ।
उनले १५ हजार ४५५ मत पाएकी छन् ।
यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् ।
काठमाडौं– ८ बाट रास्वपाकै विराजभक्त श्रेष्ठ पनि विजयी भएका छन् । केही मत गणना बाँकी भए पनि मतान्तरले अवस्थाले यी दुवै उम्मेदवार विजयी हुने पक्का भएको हो ।
रञ्जु पहिलोपटक प्रतिनिधिसभामा विजयी भएका हुन् । यसअघि जितेका विराजभक्त सोही क्षेत्रबाट यसपटक पनि जित्ने पक्का भएका हो ।
विराजभक्त २०७९ मा १० हजार ११२ मत ल्याएर विजयी भएका थिए । सुमन सायमीले ६ हजार १७९ मत प्राप्त गरेका थिए ।
काठमाडौं १ मा २०७९ मा कांग्रेसका प्रकाशमान सिंह १२५ मतान्तरले विजयी भएका थिए । उनले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।