जुम्ला– ५० भन्दा बढी निर्वाचन क्षेत्रको मतगणता हुँदा निकै कमजोर देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले मतगणनामा पहिलोपटक अग्रता लिएको छ ।
राप्रपाले जुम्लाबाट अग्रताको खाता खोलेको हो । उसलाई नेपाली कम्युनिष्ट पार्टीले पछ्याइरहेको छ ।
४ सय मत गन्दा ज्ञानबहादुर शाहीले १८२ मतका साथ अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नरेश भण्डारीले १२९ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका दीपबहादुर शाहीले ४० र एमालेका शान्तिलाल महतले ३० मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायतले ४ र नेमकिपाका बिर्खबहादुर रावतले २ मत प्राप्त गरेका छन् । अहिलेसम्म १५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।