जुम्ला– जुम्लामा सुरुवाती मतपरिणाममा नेकपाका नरेश भण्डारी र राप्रपाका ज्ञानबहादुर शाहीबीच एक सय बढीको भोटले मतान्तर रहेको छ ।
कनका सुन्दरी गाउँपालिकाको वडा नम्बर १ र २ मा १ हजार २४५ मत गणना हुँदा शाहीले ५४१ मत प्राप्त गरेका छन् ।
उनलाई पछ्याइरहेका भण्डारीले ४३५ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका दीपबहादुर शाहीले १५४ मत ल्याउँदा एमालेका शान्तिलाल महतले ७२ मत प्राप्त गरेका छन् । रास्वपाकी विनिता कठायतले ९ र नेमकिपाका बिर्खबहादुर रावतले ३ मत प्राप्त गरेका छन् ।
मुख्य निर्वाचन कार्यालयका अनुसार पहिलो चरणमा १ हजार २ सय ४५ मत गणना भएको थियो । प्रारम्भीक मतपरिणाम हेर्दा नेकपा र राप्रपा बीचमै प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।