• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

लिंग पहिचान गरेर गर्भपतन : घट्दै छोरीको संख्या

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २५, २०७५  ००:१८
1140x725

सुर्खेत– गुर्भाकोट नगरपालिका लेखफर्साकी नाम परिवर्तन (रिता) ले छोरा जन्माउन आठ पटकसम्म गर्भपतन गरिन्। चार छोरी जन्मिएपछि उनले गर्भको लिंग पहिचान गर्न थालेकी थिइन्।

रिताले गर्भपतन गराउने औषधि मात्रै खाइनन्, घरेलु उपाय पनि अपनाइन्। बाख्राको पिसाब खाइन्, कुभिन्डोको तरकारी खाइन् र गहत उमालेर खाइन्। ‘मैले छोरी जन्माएकै कारण धेरै शारिरीक तथा मानसिक तनाव सहनुपर्यो’ रीताले भनिन्, ‘तर, पनि मैले छोरा जन्माउन सकिनँ, अहिले त आफैं शारिरीक रुपमा कमजोर छु।’ 

गर्भको लिंग पहिचान गरेर गर्भपतन गर्नु अपराध हो। तर, सुर्खेतका महिलाले नेपालगन्ज र भारतसम्म पुगेर गर्भपतन गर्नु सामान्य भएको छ। रिता पनि गर्भपतन गर्न नेपालगन्ज र भारतसम्म पुगेकी थिइन्। 

सुर्खेतकै पन्चपुरी नगरपालिका वावियाचौरकी नाम परिवर्तन (माया) ले छोराको आसमा पाँच छोरी जन्माइन्। ‘कति छोरी मात्रै जन्माउनु, लिंग पहिचान गरेर गर्भपतन गराउन पाइन्छ भनेर चेक गर्न नेपालगन्ज गएँ,’ उनले भनिन्, ‘गर्भमा छोरी छ भन्ने थाहा पाएपछि गर्भपतन गरें।’ छोरा नभएपछि घरपरिवार र 8ले अपुतो भन्ने गरेको दुखेसो उनले पोखिन्। छोरा नभएपछि सबैले हेला गर्ने उनको भोगाइ छ। 

लेखगाउँ सुर्खेतकी नाम परिवर्तन (देवकली) ले पनि छोराको चाहानाले गर्दा २ छोरीपछि ३ पटक गर्भपतन गरिन्। उनले नेपालगन्जमा गएर ३ पटकसम्म गर्भपतन गरेको बताइन्। उनका अनुसार गाउँमा धेरैजसो नेपालगन्ज गएर गर्भपतन गर्छन्। ‘मैले ३ पटकसम्म गर्भपतन गर्दा पनि छोरा जन्माउन सकिनँ, छोरा नजन्माएपछि घरपरिवाबाट अर्कै व्यवहार हुने,’ उनले दुःख पोखिन्, ‘छोरा जन्माउन श्रीमान्ले अर्को विवाह गर्छन् कि भन्ने डरले गर्भपतन गरेकी हुँ।’ 

छोरा नजन्माएकै कारण घाटगाँउकी नाम परिवर्तन (सुन्तली) ले आफ्नो गाउँ नै छोडेर बजार आउनुपर्यो। ५ छोरी लिएर बजार आएपछि उनले एक छोरा जन्माइन्। ‘श्रीमान्ले भन्दा पनि घर परिवारका सदस्य र 8का अरु मान्छेले बढी हेला गर्दा रहेछन्,’ उनले अनुभव सुनाइन्, ‘अहिले छोरा जन्माएपछि घरपरिवार र 8ले हेर्ने दृष्टिकोण नै भिन्न भएको छ।’

सुर्खेत वीरेन्द्रनगरकी नाम परिवर्तन (विष्णु) ले छोराको आशामा ३ छोरी जन्माइन्। सातौं पटक गर्भवती गरेपछि मात्र उनले छोरा जन्माइन्। नेपालगञ्ज हेल्थ केयर सेन्टरमा प्रत्येक पटक ५ हजार रुपैयाँका दरले तीन पटकमा १५ हजार रुपैयाँ तिरेर लिंग पहिचान गरेको उनले बताइन्। ३९ वर्षको उमेरमा सातौं पटक गर्भवती हुँदा पुनः लिंग पहिचान गरिन्, यस पटक छोरा भएकाले जन्माइन्। 

बाबियाचौरकी नाम परिवर्तन (सुनिता) को २ छोरी छन्। पहिलो छोरी जन्माउँदा उनलाई सुत्केरी भएको केही दिनमै छोरी जन्माएको कारण सासुले चामल केलाउन पठाइन्। त्यसपछि उनको पाठेघर खस्ने समस्या शुरु भयो। उनलाई अर्को पटक गर्भवती हुदाँ छोरा जन्मिछ भन्ने लागेको थियो तर छोरी नै भयो। उनी झन् निराश भइन्। यसपछि घरपरिवारको दबाबमा उनले ४ पटकसम्म लिंग पहिचान गरेर गर्भपतन गरिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

गर्भपतनको असर

पटक–पटक लिंग पहिचान गर्दा महिलाको स्वास्थ्यमा समेत असर पर्ने गरेको छ। आठ पटकसम्म गर्भपतन गरेपछि रिताको पाठेघर खस्यो। अहिले उनको पाठेघरमा रिङ राखिएको छ। ‘पहिले छोरा जन्माउन गर्भपतन गरें, अहिले आफ्नै स्वास्थ्यमा असर परेको छ,’ उनले भनिन्, ‘अहिले मलाई तत्लो पेट दुख्ने र शरीर कम्मजोर हुने समस्या छ। अब धेरै कमजोर भइयो केही गर्न सकिँदैन।’ 

सातौं पटक गर्भवती हुँदा छोरा जन्माउन सफल भएकोमा खुसी भए पनि अहिले रीताको शारिरीक र मानसिक अवस्था कमजोर छ। दुब्लो शरीर, उदास अनुहारमा उनले भनिन्, ‘३ वटा छोरी भएकै कारण गर्भपतन गराएँ, अहिले सम्झँदा पीडा र पश्चाताप हुन्छ।’

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निमित्त सुपरिटेन्डेन डा डम्बर खड्का कानुनको कडाइका साथ कार्यान्वयन नगरिँदा लिंग पहिचानपछि गरिने गर्भपतन बढ्दो क्रममा रहेको बताउँछन्। उनले औषधि सेवन गरेर गर्भपतन गर्दा अझ समस्या हुने बताए। गर्भपतन पछिल्लो समय केही डाक्टर तथा मेडिकल पसल चलाउनेहरुको पैसा कमाउने माध्यम भएको छ। ‘सरकारले लिंग पहिचान गरी अवैधानिक रुपमा गर्भपतन गर्ने गराउनेलाई जरिवाना, उनीहरुको प्रमाणपत्र रद्द गर्ने जस्ता कडा कानुन बनाउनुपर्छ,’ डा खड्काले भने, ‘हामीले समयमा नै यो मामिलामा चाँसो दिएनौं भने यसले भयावह समस्या ल्याउन सक्छ।’ 

Xtrem

Xtrem

प्रमुख महिला विकास अधिकृत जमुना पौडेल भन्छिन्, ‘गर्भको लिंग पहिचान गरेर छोरी भएकै कारणले गर्भपतन गर्नु महिलाको जन्मन पाउने मानव अधिकारको उल्लंघन हो।’ उनले गरिब तथा विपन्न परिवारभन्दा हुने खाने र शिक्षित धेरै व्यक्तिले गर्भपतन गर्ने गरेको बताइन्। भनिन्, ‘विपन्न परिवारभन्दा पनि हुनेखानेले सम्पत्ति र सुरक्षाका लागि छोराको चाहना राख्ने गरेका छन्।’

यसको गम्भीर परिणाम औंल्याउँदै अधिकृत पौडेलले भनिन्, ‘महिला घरपरिवार र 8बाट सुरक्षित हुन सकेका छैनन्, त्यति मात्रै होइन, उनीहरु आमाको कोखमा समेत असुरक्षित छन्।’ जसले गर्भमा नै बालिकाको हत्या गर्छ उसलाई ज्यान मार्ने अपराधमा कारबाही चलाउनुपर्छ भन्ने उनको तर्क छ।

छोरीको संरक्षणमा काम गर्दै आएकी संगिता वली छोराको चाहना बढी हुने हुँदा 8मा यो समस्या आएको बताउँछिन्। ‘8मा लिंग पहिचान गरेर खुलेआम गर्भपतन गर्ने काम भइरहेकोछ,’ उनले भनिन्, ‘तर कानुन कार्यान्वयन हुन सकेको छैन।’ 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले यो समस्याप्रति चिन्ता व्यक्त गरे। उनले भने, ‘लिंग पहिचान गरेर गर्भपतन गर्नेक्रम बढ्दै गएकाले छोरीको संख्या घढ्दो छ।’ 
नगरपालिकाले सुर्खेतमा छोरी बचाउ अभियान सुरु गरेको छ। छोरी जन्मिए छोरीको नाममा बैंकमा खाता खोलिदिने अभियान सञ्चालन गरेको छ। मेयर सुवेदी भन्छन्, ‘वीरेन्द्रनगर कार्यपालिकाले छोरी बचत खाता सञ्चालनमा ल्याएको छ।’ 

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याकं अनुसार सुर्खेतमा २०७२÷०७३ मा ३ हजार १ सय १८ छोरी जन्मिँदा ३ हजार ५ सय ३१ छोरा जन्मिएका थिए। त्यस्तै २०७३÷०७४ मा छोरीको संख्या ३ हजार २ सय ३९ र छोराको संख्या ३ हजार ७ सय थियो।

‘प्राकृतिक रुपमा छोरा र छोरीको संख्या बराबरी अथवा छोराको संख्या छोरीको अनुपातमा कम हुनुपर्छ,’ जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा अधिकृत बसन्तमान श्रेष्ठ भन्छन्, ‘तथ्यांक हेर्दा लिंंगको पहिचान गरेर गर्भपतन भइरहेको सहजै अनुमान लगाउन सकिन्छ।’ छोराको आशमा छोरीहरुको गर्भमा नै हत्या गरिने गरेको कारण सुर्खेतमा छोरीहरुको संख्या दिनप्रति दिन घट्दै गएको श्रेष्ठको भनाइ छ। उनी भन्छन्, ‘पछिल्लो समय छोरीको संख्या घट्दै गएको छ। यो ठूलो समस्या हो, बेलैमा ध्यान दिनुपर्छ।’

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०७५  ००:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्