काठमाडौं– नेपाली फिल्मको कथा वा तिनको गीतमा बलिउडको प्रभाव नौलो होइन। कतिपय फिल्मको कथावस्तुसमेत बलिउडबाट चोरिने गरेको चर्चा बेलाबेला चल्ने गर्छ।
भरखरै मात्र प्रदर्शनमा आएको केकी अधिकारी निर्मित 'कोहलपुर एक्सप्रेस'ले समेत चोरीको आरोप खेप्नुपर्यो। बलिउड फिल्म 'मुम्बई एक्सप्रेस'को कपी गरिएको भन्दै समीक्षक र दर्शकबाट उनको फिल्मले आलोचना खेपिरहेको छ।
अचम्म त, फिल्म 'झमकबहादुर'को ट्रेलरसमेत 'मुम्बई एक्सप्रेस'को रिमेक जस्तै देखिन्छ। काठमाडौंको क्युज हलमा सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको ट्रेलरमा जति दृश्य समावेश छन्, अधिकांश 'मुम्बई एक्सप्रेस'को कपीझैं लाग्छ।
निर्देशक भोमन कटुवालले भने ट्रेलरमा कथाको प्लट मिले पनि पूरै फिल्म फरक रहेको दाबी गरे। फिल्मलाई मीनकुमार तामाङले निर्माण गरेका हुन्। यसमा अनुपविक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजाता थापा लगायतका कलाकारको अभिनय छ।
यस्तो छ मुम्बई एक्सप्रेससँग मिल्दो ट्रेलर-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।