काठमाडौं– ललितपुरका २ जुवा अखडामा छापा हानी प्रहरीले ९ महिलासहित १४ जनालाई पक्राउ गरेको छ।
सातदोबाटो हात्तिवन स्थित रहेको टायल खाजा घर तथा गेस्टहाउस र चापागाउ जाने मोड मा रहेको नमस्ते खाजा घरमा महानगरीय प्रहरी वृत्त सातदोबाटाले छापा हानेको हो।
ती स्थानमा नियमित जुवा खेलाइने सूचनाका आधारमा प्रहरीले छापा हानेको हो। पक्राउ परेका उपर सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाइएको सातदोबाटो वृत्तले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।