काठमाडौं– बलिउड अभिनेत्री करिश्मा कपुर नेपाल आएकी छन्।
एक गहना पसलको शोरुमको उद्घाटन गर्न उनी आज बिहान साढे ८ बजे काठमाडौं आएकी हुन्। दरबारमार्गस्थित मेरीगोल्ड (सयपत्री) ज्वेलर्सको शोरुम उद्घाटनपछि छोटो मन्तव्य दिँदै उनले आफूलाई नेपाल निकै मन पर्ने बताइन्।
‘मलाई नेपाल मनपर्छ, त्यसैले प्रस्ताव स्वीकार गरेर यहाँ आएकी हुँ', उनले भनिन्।

उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको पनि उपस्थिति थियो।
करिश्मा आजै साँझ मुम्बई फर्किनेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।