उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदान गर्दै एक मतदाता। काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा प्रदेशतर्फका कार्यकारी सदस्यको पनि मतपरिणाम सार्वजनिक भएको छ। शनिबार भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको हो।
प्रदेश १ मा राजेन्द्रकुमार राउत निर्विरोध चुनिएका थिए। प्रदेश २ बाट विजयकुमार शाह निर्वाचित भएका छन्। बागमती प्रदेशबाट कार्यकारी सदस्यमा सहनलाल प्रधान विजयी भए।
यस्तै, गण्डकीबाट बाबुराम गिरी पनि महासंघ कार्यकारी सदस्य भएका छन् भने लुम्बिनीबाट शमशेर मियाँ चुनिए।
कर्णालीबाट लालिममान बुढा र सुदरपश्चिममा पुष्पराज कुमारले निर्वाचन जितेका हुन्।
यस्तै महासंघको निर्वाचनमा वस्तुगततर्फ कार्यकारी सदस्यमा १४ जना पनि विजयी भएका छन्। वरिष्ठ उपाध्यका उम्मेदवार चन्द्रप्रसाद ढकाल र किशोरलाल प्रधान प्यानलका सात-सात जना सदस्यमा विजयी भएका हुन्।
यस्तै जिल्लानगरतर्फका कार्यकारी सदस्यमा पनि मिश्रित नतिजा आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।