एजेन्सी- २० वर्षअघि कृष्णसार मारेको अभियोग लागेका बलिउड अभिनेता सलमान खान पुन: जोधपुर पुगेका छन्। कृष्णसार सिकार मामलामा जोधपुर अदालतबाट जमानत पाएका उनी सोमबार पुनः अदालतमा पेश हुँदैछन्।
सुनुवाइको क्रममा अदालतले आदेश गरेको सजाय रद्द गर्न आग्रह सहितको रिट उनका वकिलले दर्ता गरेका थिए। उत्त रिटमाथि अदालतमा पहिलो पटक सुनुवाइ हुँदैछ।
गत ५ अप्रिलमा सलमानविरुद्ध परेको मुद्दामा अदालतले ५ वर्षको कैद र रु १० हजार जरिवाना सहितको फैसला सुनाएको थियो। अदालतको उक्त फैसलापछि सलमानलाई तत्काल हिरासतमा राखिएको थियो। उनी दुई दिनसम्म हिरासत बसेका थिए।
सलमान सन् २००६ मा पनि यस मुद्दामा दोषी ठहरिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।