काठमाडौं- रेखा थापाको निर्माणमा बन्न लागेको फिल्म 'मालिका' सोमबारबाट छायांकनका लागि फ्लोरमा निस्किएको छ। रेखाले सोमबार बिहानै पशुपतिनाथसँग आशीर्वाद मागेर छायांकनका लागि मैदानमा निस्किएको फोटो ट्विटरबाट सार्वजनिक गरेकी हुन्।
रेखा फिल्मस्को पाँचौ प्रस्तुतिका रुपमा निर्माण हुन लागेको ‘मालिका’को छायांकन बालुवाटारबाट सुरु भएको छ। फिल्मलाई रेखा आफैले निर्देशन गर्दैछिन्।
१० दिनको काठमाडौं सुटिङपछि कोहलपुर र जाजरकोट जाने रेखाले बताइन्। उनका अनुसार फिल्म नारीप्रधान कथामा बन्न लागेको हो।
फिल्ममा रेखासँगै नरबहादुर कार्की र जाजरकोटकी १४ वर्षीया कमला ओली लगायतको अभिनय रहनेछ।
यसअघि रेखाले 'हिम्मतवाली' निर्देशन गरेकी थिइन्। रामशरण उप्रेतीको छायांकन, सुरेश अधिकारीको संगीत रहने फिल्म तिहारको लक्ष्मीपूजादेखि प्रदर्शनमा आउने रेखाले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।