काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिमा रहेको द्वैध स्वामित्व राज्यले सदाका लागि अन्त्य गर्नुपर्ने बताएकी छन्।
वर्षौंदेखि जटिल समस्याका रूपमा रहेको भूमिका स्वामित्व सहमति भए आधाआधा बराबरी बाँडफाँड हुने र सहमति हुन नसकेमा राज्यले गरिदिने बताइन्।
भूमिसम्बन्धी समस्या समाधान आयोगको पहिलो पूर्ण बैठकमा मन्त्री अर्यालले भनिन्, ‘सहमतिमा हुन नसके राज्यले हस्तक्षेप गरेर भएपनि द्वैध स्वामित्वको अन्त्य गर्छ। नत्र सहमति भन्यो, तल मिलेर आउ भन्यो कुरा मिल्दै मिल्दैन।’
भूमिहीनलाई जग्गाधनी पूर्जा आयोगले प्रदान गरेपछि मात्रै सफलता प्राप्त गर्ने उनले बताइन्। उनले भनिन्, ‘जतिबेला यो आयोगले जनताको हातमा रातो पुर्जा थमाउँछ। त्यो बेला मात्रै यो हाम्रो अभियानले सार्थकता प्राप्त गर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।