हेटौंडा- मकवानपुरको मनहरि गाउँपालिका–२ ढलिपाङ र हेटौंडा उपमहानगरपालिका–१६ मा गए राति परेको चट्याङ लागि तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चट्याङले मनहरि गाउँपालिका–२ बस्ने ३० वर्षीय भीमलाल स्याङ्तान र उनका ३ वर्षीया छोरी विमला र हेटौंडा उपमहानगरपालिका–१६ बस्ने ६० वर्षीय कृष्णबहादुर बलामीको मृत्यु भएको हो। उनीहरुको हेटौंडा अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपराज झाले जानकारी दिए।
यसैगरी, चट्याङ लगेपछि गम्भीर घाइते भएकी हेटौंडा उपमहानगरपालिका–१६ चिसापानी बस्ने १५ वर्षीया सलिना श्रेष्ठलाई थप उपचारका लागि हेटौंडा अस्पतालबाट चितवनको मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।