नयाँ दिल्ली (एजेन्सी)– बलिउड फिल्म 'बाहुबली २- द कनक्लुजन'ले यतिबेला चीनमा राम्रो व्यापार गरिरहेको छ।
चीनमा गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले शुक्रबार र शनिबार गरी ३५ करोड ८९ लाख भारु कमाएको छ।
यसअघि भारतीय बक्सअफिसका साथै विभिन्न देशमा गरेर १७ सय ०० करोडको व्यापार गरिसकेको 'बाहुबली २' को सुरुवाती दिनको कमाइ हेर्दा चीनमा पनि उत्कृष्ट व्यापार गर्ने देखिएको छ। फिल्मले पहिलो दिन १६.२४ करोड र दोस्रो दिन शनिबार १९.५७ करोडको व्यापार गरेको थियो।
फिल्मप्रति देखिएको क्रेजले चीनमा अहिलेसम्म सर्वाधिक व्यापार गर्न सफल भारतीय फिल्म 'दंगल'को कीर्तिमानसँग 'बाहुबली'को कडा प्रतिपर्धा हुने आकलन गरिएको छ। आमिर खान अभिनीत 'दंगल'ले चीनमा १३ सय करोड भारु कमाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।