काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढानिलकण्ठ नगरपालिका उप–सचिव (प्रमुख प्रशासकीय अधिकृत) लीला अधिकारी र ईन्जिनियर बीजेन्द्र श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं.२ बाँडेपाखामा रिजर्भ वायर (पानी ट्याङ्की ) निर्माण कार्य सम्पन्न गरे पश्चात निर्माण कार्यको अन्तिम विल भुक्तानी र कार्य अनुभवपत्र दिने प्रयोजनको लागि सेवाग्राहीसँग उनीहरुले ५ लाख घुस लिएका थिए। घुससहित गत महिना आयोगले उनीहरुलाई पक्राउ गरेको थियो। अनुसन्धान पुरा गरी उनीहरुविरुद्ध आइबार बिशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।