काठमाडौं– बलिउड अभिनेत्री करिश्मा कपुर नेपाल आउने भएकी छन्।
दरबारमार्गमा रहेको एक ज्वेलर्सको शोरुम उद्घाटन गर्न उनी काठमाडौं आउन लागेकी हुन्। सोमबार बिहान मेरीगोल्ड ज्वेलर्सको उद्घाटन करिश्माबाट गराइने सञ्चालक ज्योत्सना श्रेष्ठले जनाएकी छिन्। उक्त ज्वेलर्स याक एन्ड यती होटल मार्गमा रहेको छ।
‘राजा हिन्दुस्तानी’, ‘दिल तो पागल है’, ‘बिबी नं १’ लगायत चर्चित फिल्ममा अभिनय गरेकी करिश्मा पछिल्ला वर्षहरुमा अभिनयमा निस्क्रिय छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।