• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन २६, २०८३ Tue, Aug 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राप्रपाबाट आएका थापा बने कांग्रेस सहमहामन्त्री, केन्द्रीय समितिमा थप ९ जना समायोजन

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २८, २०७७  १८:३३
1140x725

काठमाडौं- पार्टीभित्र विवादकै बीच संस्थापन पक्षले पूर्व राप्रपा समूहबाट कांग्रेस प्रवेश गरेका सुनीलबहादुर थापा नेपाली कांग्रेसको सहमहामन्त्री बनेका छन्। शुक्रबार बसेको कांग्रेसको बैठकले थापालाई सहमहामन्त्री बनाउने र उनको समूहका थप ९ जनालाई केन्द्रीय समितिमा ल्याउने  गरी संख्या र पद टुंगो लगाएको हो। कांग्रेस प्रवेश गरेका थापालाई सहमहामन्त्री बनाउने पूर्वनिर्णय शुक्रबारको बैठकले अनुमोदन गरेको हो।

एक जना सहमहामन्त्री, ६ जना केन्द्रीय सदस्य र ३ जना आमन्त्रित केन्द्रीय सदस्यसमेत गरी थापा समूहका १० जनालाई पद विभाजन गरिएको हो। 

केन्द्रीय सदस्य हुनेहरूमा रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं) र टि.एन. योगी (ललितपुर) छन्। यस्तै आमन्त्रित केन्द्रीय सदस्यमा दिलिप राई (झापा), आशाराम चौधरी (कैलाली), राजेशबहादुर सिंह (कपिलवस्तु) छन्। 

थापा समूहलाई कांग्रेस प्रवेश गराउने क्रममा उनको समूहका ७ केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय भएको थियो। तर शुक्रबारको बैठकले भने एक सहमहामन्त्री, ६ केन्द्रीय सदस्य र ३ जना आमन्त्रित सदस्यसहित दिने निर्णय गरेको हो।

शुक्रबारको बैठकअघि सभापति शेरबहादुर देउवाले थापा पक्षलाई ९ जना मात्र केन्द्रीय सदस्य बनाउन संस्थापन इतरसँग छलफल गरेका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापतिको प्रस्तावप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

शीर्ष नेताहरु बीच चार घण्टाभन्दा बढी छलफल भएको थियो। निर्धारित बैठक नबसी नेताहरु आन्तरिक छलफलमा जुटेका थिए। 

नेता कृष्णप्रसाद सिटौला पक्षले महाधिवेशन कार्यतालिका पूर्ण आउनुपर्ने माग गरेका थिए। संस्थापन पक्षले क्रियाशील सदस्यता वितरण र नविकरण टुङ्ग्याएर मात्रै महाधिवेशनको पूर्ण कार्यतालिका ल्याउने पक्षमा देखिएको थियो। 

शुक्रबारको बैठकले मंसिर महिना भित्र क्रियाशील सदस्यता वितरण र नवीकरण टुंग्याउने निर्णय गरेको छ। सह महामन्त्री डा प्रकाश शरण महतले थापा समुहबाट आएकालाई पदिय जिम्मेवारी र क्रियाशील सदस्यताको विषयमा छलफल भएको जानकारी दिए। 

nimb
nimb
Ncell 2
Ncell 2

बैठकले सूर्य बहादुर केसीको स्थानमा मोहन प्रसाद पाण्डेलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ।

यी हुन् बैठकका १० बुँदे निर्णय
१. प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (१) बमोजिम रिक्त प्रतिनिधि सभा सदस्यको पदमा सोही नियमावलीको उपनियम (२), (३) र (४) बमोजिम प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचित सदस्य श्री सूर्यबहादुर के.सी. को निधन भई रिक्त भएको प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेस राजनीतिक दलबाट निर्वाचन आयोगमा बुझाइएको सामानुपातिकको वन्दसूचीको क्र.स. १२ मा खस आर्य समूहतर्फ नाम रहनु भएका श्री मोहनप्रसाद पाण्डेलाई प्रतिनिधि सभा सदस्य पदमा मनोनयन गर्ने निर्णय गर्दछ। सोही अनुसार आवश्यक कार्यान्वयनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने।

२. नेपाली कांग्रेसको चौधौं महाधिवेशनको प्रयोजनका लागि जिल्लाहरुमा वितरण भइरहेको नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरण सम्बन्धमा, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाले नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरण तथा एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नविकरणको सूची तयार गरी, प्रकाशन गरी अनिवार्य रुपमा केन्द्रमा पठाइसक्नु पर्ने अवधि २०७७ मंसिर मसान्त कायम गर्ने।

३. २०७७ साल श्रावण १३ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महत लगायतका नेताहरुको उपस्थितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापा सहित सो पार्टीका केन्द्रीय कार्यसमितिका १६ जना सदस्य सहित जम्मा ३१ जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्नु भएको अवगत नै छ। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका सो पार्टीका केन्द्रीय नेताहरुको नेपाली कांग्रेस पार्टीमा समायोजन गर्नका लागि भएको सहमतिलाई ध्यानमा राखी, नेपाली कांग्रेसको विधान २०१७        (संशोधन सहित) को धारा (४) (१०) (ङ) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा देहाय बमोजिम समायोजन गर्ने।
१. श्री सुनिलबहादुर थापा (धनकुटा) – सहमहामन्त्री
२. श्री रामप्रसाद भट्टराई (मोरङ) – केन्द्रीय सदस्य
३. श्री विष्णुविक्रम थापा (सिन्धुपाल्चोक) – केन्द्रीय सदस्य
४. श्री वावुराम बस्नेत (भोजपुर) – केन्द्रीय सदस्य
५. श्री वृजलाल यादव (बारा) – केन्द्रीय सदस्य
६. श्री किरण गिरी (काठमाडौं) – केन्द्रीय सदस्य
७. श्री टि.एन. योगी (ललितपुर) – केन्द्रीय सदस्य
८. श्री दिलिप राई (झापा) – आमन्त्रित केन्द्रीय सदस्य
९. श्री आशाराम चौधरी (कैलाली) – आमन्त्रित केन्द्रीय सदस्य
१०. श्री राजेशबहादुर सिंह (कपिलवस्तु) – आमन्त्रित केन्द्रीय सदस्य

४. चीन सरकारको आधिकारिक दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने ग्लोबल टाइम्सको नोभेम्बर १० मा प्रकाशित लेख प्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त लेखमा नेपाली कांग्रेसलाई भारत परस्त पार्टीको रुपमा चित्रित गर्नुको साथै हुम्लामा नेपाली भूमिमाथि चीनले अतिक्रमणको अफवाह फैलाएको आरोप समेत लगाएको छ। साथै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा हुम्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका विपक्षी दलका नेता श्री जीवनबहादुर शाहीको सीमा अतिक्रमण सम्बन्धमा सार्वजनिक गर्नु भएको प्रतिवेदनलाई गलत र दुष्प्रचारको संज्ञा पनि दिएको छ।

ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली कांग्रेस निन्दा गर्दछ। नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ हो। नेपाली कांग्रेस छिमेकी देशहरु लगायत सबै मित्रराष्ट्रहरुसँग सार्वभौम बराबरीको आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्दछ। नेपाली कांग्रेस नेपाल बाहेक कुनै पनि देशको परस्त पार्टी हुन सक्दैन। नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता माथि कुनैपनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लंघनको विपक्षमा नेपाली कांग्रेस सधैं अडिग छ र अडिग रहनेछ।

५. यसै बीच नेपाल स्थित चिनिया दुतावासले नोभेम्वर १३ मा नेपाली कांग्रेस पार्टीलाई लेखेको पत्रमा जीवनबहादुर शाहीले सार्वजनिक गर्नु भएको प्रतिवेदनलाई आधारविहिन र झुठो भन्दै गैर जिम्मेदार र अमैंत्रीपूर्ण पनि भनिएको छ। यसप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।  

जहाँसम्म श्री जीवनबहादुर शाहीको हुम्लामा सीमा अतिक्रमण भएको प्रतिवेदनको सन्दर्भ छ, उहाँले ७ वुँदे सार सहितको निष्कर्ष र ति निष्कर्षहरुलाई पुष्टि गर्ने १८ वुँदे प्रमाण र आधारहरु समेत प्रस्तुत गर्नु भएको छ। यस सम्बन्धमा श्री शाहीले नेपाल सरकारलाई आफ्नो टोलीले निकालेको निष्कर्षका आधारमा नेपाल सरकारले गर्नु पर्ने कामका सम्बन्धमा ३ वुँदे सुझाव र सिफारिश पनि दिनु भएको छ र उहाँको प्रतिवेदन सीमा सुरक्षाको सरकारको जिम्मेवारीप्रति लक्षित छ।

यदि चिनिया सरकारले भने जस्तै हुम्लामा नेपालको कुनै भूमि अतिक्रमण नभएको हो भने यसको निक्र्योल दुई सरकार बीचको संयुक्त सीमा निर्धारण टोलीले स्थानीय सरोकारवालाहरुको भनाई र ऐतिहासिक भोगचलनको तथ्य सहित आएको तथ्य, सीमा स्तम्भहरुको अवस्था लगायतको प्राविधिक मूल्याङ्कनको आधारमा टुङ्गो लगाउन आपत्ति हुनु पर्ने कुनै कारण छैन। यसले नेपाली जनता माझ रहेको आशंका निवारण गर्न मद्दत गर्नेछ।

नेपाली कांग्रेस के स्पष्ट गर्न चाहन्छ भने सन् १९५९ मा नेपालका तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले सीमा सम्बन्धी जुन सम्झौता चीन सरकारसँग गर्नु भएको थियो, त्यसकै आधारलाई टेकेर दुई देश बीच एक अर्का बीच अहस्तक्षेप र एक अर्काको भू–भागलाई सम्मान गर्ने नीति पालन गर्दै आएको छ। आगामी दिनमा पनि पालना गर्नेछ। नेपाली कांग्रेस दुई देशको मैंत्रीपूर्ण सम्बन्धलाई सत्तामा रहँदा र नरहँदा पनि सधै उच्च प्राथमिकतामा राख्दै आएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्री जीवनबहादुर शाहीले सार्वजनिक गर्नु भएको प्रतिवेदन सम्बन्धमा काठमाडौं स्थित चिनिया राजदूतावासको आधारहिन आरोप लामो समयदेखि नेपाली कांग्रेस तथा चिनिया सरकार र जनता बीच रहेको मैंत्रीपूर्ण सम्बन्धको महत्ता र गरिमा विपरीत भएको कुरामा सम्बन्धित पक्षको ध्यानाकृष्ट गर्दछ।

६. हुम्लामा नेपाली भू–भागमा अतिक्रमण भएको भन्ने समाचारहरु सार्वजनिक भएपछि नेपाल सरकारको हुम्लामा रहेको प्रमुख जिल्ला अधिकारी सहितको टोलीले त्यस सम्बन्धमा प्रतिवेदन दिनु पूर्व नै परराष्ट्र मन्त्रालयले कुनै अतिक्रमण नभएको विज्ञप्ति सार्वजनिक गर्‍यो। यस सम्बन्धमा नेपाली कांग्रेस पार्टीले तत्कालै सरकारको ध्यानाकर्षण गराएको थियो। यसै बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुम्ला जिल्लाबाट कर्णाली प्रदेश सभाका सदस्य तथा विपक्षी दलका नेता श्री जीवनबहादुर शाही सहितको टोलीले विस्तृत स्थलगत भ्रमण गरी त्यहाँ नेपाली भूमिमा अतिक्रमण भएको प्रतिवेदन दिएपछि पनि नेपाल सरकारले यस सम्बन्धमा कुनै छानविन गर्न पहल नगर्नु र अर्को तर्फ चिनिया सरकारले हुम्लामा कुनै नेपाली भूमि नमिचिएको विज्ञप्ति आएको स्थितिले नेपाली जनतामा थप अन्यौलता छाएको छ। नेपाली कांग्रेस पार्टी सरकारको यस्तो गैर जिम्मेवार प्रवृत्तिको निन्दा गर्दछ।

नेपाली कांग्रेस दुबै देशको संयुक्त सीमा सम्बन्धी कार्यदलले यस सम्बन्धमा यथार्थ के भएको हो स्थानीय सरोकारवालाहरुको भनाई, सीमा क्षेत्रको भूमिको ऐतिहासिक भोगचलन र त्यस सम्बन्धी तथ्याङ्क र श्री जीवनबहादुर शाहीको टोलीले उठाएका मुद्दाहरुलाई समेत ध्यानमा राखी छानविन गरी यथार्थ स्थिति सार्वजनिक गर्न माग गर्दछ। यसले सीमा सम्बन्धमा पैदा भएको अन्यौललाई चिर्न मद्दत पुग्ने मात्रै नभएर नेपाली जनतालाई नेपालको भूमिको सुरक्षा सम्बन्धमा सिर्जित अन्यौलको अन्त्य हुनेछ। साथै, यसबाट दुई देशको जनता बीच आउन सक्ने अनावश्यक तिक्ततालाई पनि समाप्त पार्न मद्दत पुग्नेछ।

७. कोभिड—१९ को प्रकोप दिनानुदिन बढिरहेको छ। आम नागरिकहरुको जीवन कष्टकर हुँदै गएको छ। कोभिड—१९ को परिक्षण र उपचार समेत गर्न सक्दिन भनेर सरकार आफ्नो न्यूनतम जिम्मेवारीबाट समेत पन्छिन खोज्दैछ। नेपाली कांग्रेस लगायतका राजनीतिक दल, संचार माध्यम, नागरिक समाज, वुद्धिजीवीहरुको चौतर्फी दवाव तथा सर्वोच्च अदालतको निर्णयपछि सरकार कोरोना परिक्षण र उपचार सरकारी खर्चमा गर्ने निर्णय गर्न वाध्य भएको छ। तथापि उक्त निर्णय कार्यान्वयन गर्ने मानसिकतामा सरकार अहिले पनि छैन। अहिले पनि परिक्षण र उपचार खर्च आफैले बेहोर्नु पर्ने अवस्था छ।

संक्रमितको उपचारका लागि अस्पताल र बेड लगायतमा न्यूनतम सुविधामा पनि अभाव छ। एकातर्फ नागरिकहरु महामारीले आक्रान्त भएका छन् भने अर्कोतर्फ वजारमा कालाबजारी, कृतिम अभाव, मूल्यवृद्धि लगायतका कारण चाडपर्वको वेलामा पनि जनताले दैनिक छाक टार्न समेत समस्या भएको छ। महामारी, मृल्यवृद्धि, अभाव र वेरोजगारीका कारण आम जनताको जीवन थप कष्टकर हुँदैछ। पछिल्लो समयमा आत्महत्याको घटनामा भएको वृद्धिले आम नागरिकमा चरम निराशा छाएको पुष्टि हुन्छ। किसानहरुले खेतीको समयमा मलखाद नपाएर आफ्नो उत्पादनको रकम प्राप्त गर्न आन्दोलन गर्नु पर्ने अवस्था आएको छ।

यस्तो विषम परिस्थितिमा पनि कम्युनिष्ट पार्टीको सरकार जनताको पीरमर्का प्रति संवेदनशील हुनुको सट्टा सत्ताको छिनाझपटीमै व्यस्त छ। महामारीको रोकथाम र नियन्त्रण लगायत सबै काममा सरकार असफल भएको छ। जनताले सरकार भएको अनुभूति गर्न सकेका छैनन। जनताबाट प्राप्त मतको घोर अपमान र अवमूल्यन भएको छ। नेपाल कम्युनिष्ट पार्टी नियन्त्रित केन्द्रदेखि स्थानीय तहसम्मको सरकारहरुमा सर्वत्र वेथिती, अनियमितता, ढिलासुस्ती र भ्रष्टाचार छाएको छ। नेपाली कांग्रेसको यो वैठक देशमा व्याप्त महामारी, भ्रष्टाचार, मूल्यवृद्धि, कालावजारी, कृतिम अभाव, वेरोजगारी, किसानका समस्या लगायत देशमा व्याप्त वेथिति यो सरकारको अकर्मण्यता, गैर जिम्मेवारी र अलोकतान्त्रिक चिन्तनको उपज भएको ठहर गर्दछ। नेपाली कांग्रेस पार्टी सरकारसँग तत्काल विद्यमान भ्रष्टाचार र कोभिड–१९ संक्रमणको रोकथाम, समुचित उपचार र राहतको सुनिश्चित गर्न माग गर्दछ।

८. इलाम, उदयपुर, सिरहा, रुकुम पश्चिम लगायतका जिल्लामा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट स्थानीय तहका विभिन्न पदमा निर्वाचित व्यक्तिहरु नेपाली कांग्रेस परित्याग गरी अन्य पार्टीमा प्रवेश गरेको हुँदा राजनीतिक दल सम्बन्धी ऐन २०७४ को व्यवस्था बमोजिम निजहरु निर्वाचित भएको पद रिक्त गरिदिनका लागि निर्वाचन आयोगलाई लेखी पठाउने र सोको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत दिने।

९. कोभिड—१९ संक्रमणबाट असामयिक निधन हुनु भएकाहरुप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। उहाँहरुका शोकाकूल परिवारजनहरुमा कार्यसमितिको यो बैठक हार्दिक समवेदना प्रकट गर्दछ। साथै, संक्रमित हुनु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु लगायत नेता एवं पार्टी सदस्य, अन्य राजनीतिक दलका नेता÷कार्यकर्ता र संक्रमित हुनु भएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको यो बैठक शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।

१०. नेपालीहरुको महान चाड तिहार, नेपाल सम्वत् ११४१ र छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा यो बैठक सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  १८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पर्साबाट स्रोत नखुलेको ५२ लाख रुपैयाँसहित चार जना पक्राउ
आयरल्यान्डलाई हराउँदै अफगानिस्तान २०२७ को विश्वकपमा छनोट
अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै
सम्बन्धित सामग्री
एनआरएनएका माग सम्बोधन हुन्छन् : रास्वपा नेता गणेश पराजुली गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय १७औँ सम्मेलनको सोमबार आयरल्यान्डको डब्लिनमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद पराजुलील... मंगलबार, साउन २६, २०८३
दिउँसो १ बजे प्रतिनिधि सभा बैठक, ११ बजे दुई संसदीय समितिका बैठक बस्दै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा ‘ २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा’ छलफल गर... मंगलबार, साउन २६, २०८३
पत्रकारसँग प्रचण्डका १० कुरा : बालेनदेखि रवि, संविधान संशोधनदेखि वाम–लोकतान्त्रिक सहकार्यसम्म सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
पर्साबाट स्रोत नखुलेको ५२ लाख रुपैयाँसहित चार जना पक्राउ मंगलबार, साउन २६, २०८३
आयरल्यान्डलाई हराउँदै अफगानिस्तान २०२७ को विश्वकपमा छनोट मंगलबार, साउन २६, २०८३
अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै मंगलबार, साउन २६, २०८३
रहेनन् वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल, शोकमा डुब्यो जनकपुर मंगलबार, साउन २६, २०८३
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ? सोमबार, साउन २५, २०८३
‘सिंहदरबार’ नाममाथि बहस चल्दा शङ्कर पोखरेलले सम्झाए सिंहका ६ विशेषता सोमबार, साउन २५, २०८३
काठमाडौं विश्वविद्यालयको कुलपतिका लागि तीन जनाको नाम सिफारिस सोमबार, साउन २५, २०८३
नेपाली क्रिकेटको कप्तानीमा फर्किए सन्दीप, एसीसीसी प्रिमियर कपका लागि टोली घोषणा सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्