• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एनआरएनएका माग सम्बोधन हुन्छन् : रास्वपा नेता गणेश पराजुली

64x64
नेपाल लाइभ मंगलबार, साउन २६, २०८३  ०७:४४
1140x725

लण्डन  - सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) का मागहरूलाई राज्यका तर्फबाट क्रमशः सम्बोधन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।

गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय १७औँ सम्मेलनको सोमबार आयरल्यान्डको डब्लिनमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद पराजुलीले एनआरएनएका सबै माग तत्काल सम्बोधन गर्न नसकिएको स्वीकार गर्दै क्रमशः मागहरू पूरा गर्दै जाने बताएका हुन्।

प्रमुख अतिथिसमेत रहेका सांसद पराजुलीले गैरआवासीय नेपालीका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको उल्लेख गरे।

डब्लिनमा सुरु भएको दुईदिने क्षेत्रीय सम्मेलनको उद्घाटन प्रमुख अतिथि सांसद गणेश पराजुली, बेलायतस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी र परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुवेदीले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए।

कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष डा. हेमराज शर्माले वर्तमान कार्यसमितिले ‘फाटेको मन जोड्दै’ संस्थामा एकता कायम गर्ने अभियान आयरल्यान्डबाटै सुरु गर्ने बताए। उनले आगामी दिनमा नयाँ पुस्ता, महिला, सरकार तथा नेपाल चेम्बर अफ कमर्सलगायतका निकायसँग सहकार्य गर्ने कार्यक्रमलाई तीव्रता दिइने जानकारी दिए। साथै, ‘ग्लोबल नलेज कन्फरेन्स’लाई संस्थाले प्राथमिकतामा राखेको उनले उल्लेख गरे।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडीले विदेशमा रहेका नेपालीहरूले नेपालमा रहेका परिवार तथा सरकारलाई आर्थिक रूपमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए। उनले दोस्रो र तेस्रो पुस्ता विस्तारै नेपालसँगको सम्बन्धबाट टाढिँदै गएको तथा चौथो पुस्ता झनै टाढिँदै गएको उल्लेख गर्दै नयाँ पुस्तालाई नेपालसँग कसरी जोड्ने भन्ने विषयमा एनआरएनएले गम्भीर भएर सोच्नुपर्ने समय आएको बताए।

विदेशमा रहेका नेपालीको ज्ञान, क्षमता, अनुभव र पुँजीलाई नेपालसँग जोड्न परराष्ट्र मन्त्रालय निरन्तर लागिपरेको पनि दुवाडीले बताए।

परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुवेदीले गैरआवासीय नेपाली र नेपालको सम्बन्ध केवल रेमिट्यान्समा मात्र सीमित हुन नहुने बताए। नेपालमा लगानी भित्र्याउन विश्वास पहिलो सर्त रहेको उल्लेख गर्दै उनले सरकारले गैरआवासीय नेपालीलाई कानुनी संरक्षण दिन तयार रहेको बताए। उनले गैरआवासीय नेपालीहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे।

सुवेदीले एनआरएनएको वास्तविक पुँजी पैसा मात्र नभई विदेशमा रहेका नेपालीहरूको अनुभव, ज्ञान र क्षमता पनि रहेको बताए। सरकारले अब ‘रिटर्न टु नेपाल’भन्दा पनि ‘कनेक्ट टु नेपाल’को अवधारणामा अघि बढ्नुपर्नेमा उनले जोड दिए।

एनआरएनएले बैठक बस्ने र सरकारसँग माग राख्ने परम्पराबाट माथि उठेर आर्थिक, सामाजिक तथा ज्ञान हस्तान्तरणलगायतका विषयलाई आफ्ना मुख्य एजेन्डा बनाउनुपर्ने उनको भनाइ थियो।

समारोहमा एनआरएनए आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले सम्मेलनको सफलताको शुभकामना व्यक्त गरे। यस्तै, परराष्ट्रमन्त्री शिशिर खनाल र एनआरएनए आईसीसीका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले पठाएका शुभकामना सन्देशका भिडियोसमेत प्रस्तुत गरिएको थियो।

एनआरएनए आयरल्यान्डका अध्यक्ष चेतराज वलीले ऐतिहासिक क्षेत्रीय सम्मेलन आयोजना गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण एनआरएनए अभियानकर्तालाई धन्यवाद दिए।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  ०७:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालबालिकालाई प्रधानमन्त्रीको आग्रह- आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिकौं
भोटेकोशी बाढी : ७ हजार ५७० घर पूर्ण क्षतिग्रस्त, ३२ हजारभन्दा बढी प्रभावित
शुक्रबार दिनभर उद्धारमा के–के भयो ?
सम्बन्धित सामग्री
बालबालिकालाई प्रधानमन्त्रीको आग्रह- आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिकौं कृष्ण जन्माष्टमीका अवसरमा फेसबुक पोस्टमार्फत जलवायु परिवर्तनको ठूलो असर हिमालय क्षेत्रमा परिसकेको र नेपालमाथि हालै आइपरेको विपद्को व... शुक्रबार, भदौ १९, २०८३
आफ्नो उपस्थितिमाथि आलोचना भएपछि गृहमन्त्रीले भने– ‘म कहाँ छु नखोज्नुस्, परिणाम हेर्नुस्’ शुक्रबार उनले सामाजिक सञ्जालमार्फत ‘कुर्सीमा बसेर कागजात समात्ने’ पुरानै शैलीको नेतृत्व खोज्नेहरूलाई ‘गलत युग’ मा रहेको र यो जेनेरेस... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री शाह र अष्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानिजबीच टेलिफोन वार्ता, के भयो कुराकानी? बिहान १० बजे भएको टेलिफोन वार्तामा प्रधानमन्त्रीले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग संवाद गर्दै नेप... शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
बालबालिकालाई प्रधानमन्त्रीको आग्रह- आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिकौं शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : ७ हजार ५७० घर पूर्ण क्षतिग्रस्त, ३२ हजारभन्दा बढी प्रभावित शुक्रबार, भदौ १९, २०८३
शुक्रबार दिनभर उद्धारमा के–के भयो ? शुक्रबार, भदौ १९, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप शुक्रबार, भदौ १९, २०८३
बाढीपीडित बालबालिकालाई प्रधामन्त्रीले भने– तपाईंहरुलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गर्नेछौं शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्